पाेखरा १७ र २१ मा सडकको अवस्था र पुल दयनीय

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७७
Bindu Kumar Thapa – Pradesh Sabha

पाेखरा । बत्ती मुनिको अँध्यारो भनेजस्तै गण्डकी प्रदेशको राजधानी पोखरा वडा नम्बर १७ र २१ को सडकको अवस्था र पुलको विषयमा केही तथ्य राख्ने अनुमति चाहन्छु । माननीय भौतिक पूर्वाधार विकास मन्त्री ज्यूको सभामुख मार्फत ध्यान आकर्षण पनि गर्न चाहन्छु ।

पोखरा १७, छोरेपाटन हुँदै पोखरा २१, कृस्ती नाच्नेचौर जाने बाटोको बेलघारीको ओरालोमा तल र माथि गरी एकै ठाउँमा सुख्खा पहिरो गएको छ, जसले गर्दा माथिल्लो स्थानमा रहेको मानव बस्ती नै जोखिममा पर्न गएको र तलको भागमा पनि पहिरो गएको कारण सडक सानो र जोखिमपूर्ण अवस्थामा रहेको छ ।

अहिलेको अवस्थालाई हेर्ने हो भने जुनकुनै समयमा पनि दुर्घटना हुन सक्नुका साथै मानविय क्षति समेत हुने अवस्था छ । यस विषयमा भौतिक पूर्वाधार विकास मन्त्रीज्यूको सभामुख मार्फत म ध्यान आकृष्ट गर्न चाहन्छु ।

त्यस्तै पोखरा १७ बाट २१ को सिमाना सँगै फुस्रेखोलाको पुल पार गरेपछि भुँगेखोलामा वर्षातका समयमा ठूलो बाढी आउने र सोको कारण सवारी साधन र मानिस समेत बगाउने गरेको छ ।

सोही स्थानमा पक्की पुल बनाउन पर्ने अतिनै आवश्यक छ र अहिले सम्म पनि पुल निर्माण हुननसकेको हुँदा यथाशीघ्र बनाउनको लागि सभामुखज्यू मार्फत् सम्बन्धित मन्त्रालय एवं प्रदेश सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु ।

यससँगै पोखरा २१ को कृस्ती नाच्नेचौरको दोपहरे पुग्नु अगाडि नाउडीको घुम्तीमा सुख्खा पहिरो गएर सडक असाध्यै जोखिमपूर्ण अवस्था रहेको छ । पहिरोको कारण बाटो साँघुरो भै सावारी साधन नै खस्न सक्ने जोखिम उत्तिकै रहेको छ र यस तर्फ पनि म सभामुख मार्फत् भौतिक पूर्वाधार मन्त्रीज्यूको ध्यान आकृष्ट गर्न चाहन्छु ।
गण्डकी प्रदेश सभा सदस्य २०७७ चैत २७ गते शुक्रबार प्रदेश सभा बैठकको विषेष समयमा प्रस्तुत भनाइ ।

Related News

सम्बन्धित समाचार

hero news full width