पाथार्दीको बाख्राफार्म किसानकोे आकर्षणस्थल

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७७
tanahu pathardi goat farm)

जिल्लाको भीमाद नगरपालिका ९ पाथार्दीका बाख्राफार्म पशुपालन किसानका लागि अवलोकनस्थलका रूपमा विकास हँुदै गएको छ । उक्त क्षेत्रमा विभिन्न क्षेत्रबाट बोयर जातको बाख्रा पाल्ने तरिका सिक्न प्राय दैनिक पशुपालन किसान अवलोकनका लागि आउने गरेका छन् ।

पाथार्दीका ६० घरपरिवारले बोयर जातको बाख्रापालन गरेर नमूना कार्य गर्नुका साथै आम्दानीको राम्रो स्रोत बनाउन थालेपछि अवलोकनका लागि किसानको आकर्षण बढ्न थालेको हो । तनहुँ, गोरखा, लमजुङ, पाल्पा स्याङ्जालगायतका जिल्लाबाट किसान समूह, स्थानीय पालिकाका जनप्रतिनिधिलगायतका टोली अवलोकनका लागि आउने गरेको स्थानीय अगुवा किसान शिवकुमार आलेले बताए । पाथर्दीलाई गत २ वर्षअघि गण्डकी प्रदेश सरकारले प्रदेशकै नमूना कृषि गाउँ घोषणा गरेको थियो ।
मुख्यमन्त्री कृषि नमुना गाउँका रूपमा घोषणा गरिएको पाथर्दी गाउँलाई गण्डकी प्रदेश सरकारले बाख्रा अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरिसकेको छ । यस क्षेत्रका किसानले बोयर जातको बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । अवलोकनका रूपमा पनि विकास हुँदै गएको उनले बताए । करिब ७ वर्षको अवधिमा यहाँका बाख्रापालक किसानले पाथर्दीलाई नमूना कृषि गाउँका रूपमा परिचित बनाउन सफल भएका छन् ।

पराम्परागतरूपमा पशुपालन तथा कृषि पेसा गर्दै आएका यहाँका किसानले व्यावसायिकरूपमा बाख्रापालन थालेपछि आम्दानीसँगै विकासमा अघि बढेको अगुवा किसान आलेले जानकारी दिए । गाउँमा सुरुमा बोयर बाख्रा ल्याएर पाल्न सुरु गरेका आलेले अहिले झण्डै ४० लाख मूल्य बराबरका बाख्रा फार्ममा रहेका छन् । ‘बाख्रापालनबाट राम्रै आम्दानी हुन थालेपछि आफू सन्तुष्ट रहेको छु,’ उनले भने, ‘वार्षिकरूपमा १० देखि १६ लाखसम्मको बाख्रा बिक्री गर्दै आएको छु ।’

विसं २०६४ देखि त्यस क्षेत्रका किसानले बीउ तथा मासुका लागि बोयर बाख्रा उत्पादन गर्दै आएका छन् । बाख्रापालनमा राम्रो आम्दानी हुन थालेपछि पाथर्दीबाट विदेशिएका युवासमेत गाउँमै फर्किएर बाख्रापालनतर्फ लाग्न थालेको वडाध्यक्ष इमानबहादुर थापाले बताए । वैदेशिक रोजगारी त्यागेर बाख्रापालनमा भविष्य देखेका युवामध्येका १ किसान हुन् विनम आले । करिब ५ वर्ष दक्षिण कोरियामा बिताएका आलेले यतिबेला गाउँमा बोयर बाख्रालगायतका कृषि पेसा गर्न थालेका छन् । ‘परिवारको साथमा बसेर गाउँमै राम्रो आम्दानी हुने भएपछि किन विदेश जानू ? विदेशमा कमाएको पैसा गाउँमै कमाउन सकिने सम्भावना देखेर गाउँ फर्किएको हुँ,’ उनले भने । आलेले ३ सय कुखुरा र करिब ३५ वटा माउसहितको बोयर बाख्रा राखेर पाल्न सुरु गरेका छन् ।

कृषि पेसालाई व्यावसायिक बनाउन सके स्वदेशमै राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको अर्का किसान श्रीमाया आले बताए । वर्षमा १० लाखसम्मको बोयर बाख्रा बिक्री गर्ने गरेको उनले बताए । ‘श्रीमान्, छोराहरू कसैलाई पनि विदेश पठाएको छैन,’ उनले भने, ‘सबै मिलेर काम गर्ने हो भने स्वदेशमै रमाइलो र खुशी हुन्छ ।’

करिब १५ करोडको लगानीमा बाख्रा अनुसन्धान केन्द्र निर्माण गर्न लागिएको छ । अनुसन्धान केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको वडाध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा ५० लाख बजेट अनुसन्धान केन्द्रका लागि विनियोजन गरिसकिएको छ ।

(सानेबहादुर नेपाली, रासस)

Related News

सम्बन्धित समाचार

  • व्यापार मेलामा अनेक सुविधा

    आदर्श समाज सम्वाददाता माघ १४, २०८१
    पोखरा । पोखरा ३१, सुन्दरीडाँडा क्षेत्र जैविक विविधताले भरिपूर्ण छ । स्थानीय जयबहादुर थापा वरपर पाइने जडीबुटी संकलन गर्छन् र…
  • गाईभैंसीपालक कृषकलाई तालिम

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लि.को आयोजनामा पोखरा–२३ माझथुममा गाईभैंसीपालन तथा आहारा व्यवस्थापन तालिम सम्पन्न भएको छ । एसके एग्रिकल्चर…
  • मौरीपालन तालिम

    आदर्श समाज सम्वाददाता पौष २३, २०८१
    पोखरा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आंगिक शिक्षालय अन्नपूर्ण बहुप्राविधिक शिक्षालय आयोजनामा मौरीपालन तालिम सुरु भएको छ ।…
  • सुन्तलामा पोस्ट हार्भेस्ट व्यवस्थापन कसरी ?

    आदर्श समाज सम्वाददाता पौष ७, २०८१
    स्याङ्जा । वालिङ तथा गल्याङ नगरपालिकाको समन्वय, आइडिई नेपालको सशक्तीकरण र पोषण–सूक्ष्म खाद्य सुरक्षाको लागि नबिन ग्रामीण बजार विकास तथा…
  • ‘किसानका समस्यामा अनुसन्धान गरौं’

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । किसानको खेतबारी तथा गोठमा रहेका समस्याकेन्द्रित गरी अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको छ । कृषि अनुसन्धान तथा प्रवद्र्धन परियोजनाको…

hero news full width