पत्रकार महासंघ निर्वाचन : प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमा त्रिभुवनकाे अग्रता

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७७
counting

पाेखरा । नेपाल पत्रकार महासंघकाे निर्वाचन अन्तगर्त प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि कास्कीकाे मतगणना सकिएको छ ।

प्राप्त परिणाम अनुसार लाेकतान्त्रिक समूहका त्रिभुवन पाैडेलले सबैभन्दा बढी २ सय ४४ मत प्राप्त गरेका छन् । साेही प्यानलका प्रदीप काफ्लेले १ सय ३३ मत ल्याएका छन् ।

अर्काे प्यालनका रामजीप्रसाद लम्सालले १ सय ३६ र भीमलाल श्रेष्ठले ६५ मत ल्याएका छन् ।

कास्कीमा ३ सय १२ मतदाता रहेकामा ३ सय ५ मत खसेकाे थियाे ।

प्रदेशका ११ वटै जिल्लाबाट मत परिणाम आएपछि अन्तिम नतिजा प्रकाशन गरिने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width