लेखनाथ । संघीय सासंद तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले विकास निर्माणका क्षेत्रमा राजनीति नहुने बताएका छन् । पोखरा २७ को छत्रेढुंगामा स्थानीय पूर्वाधार क्षेत्र विकास कोषको आर्थिक सहयोग र स्थानीय जनसहभागितामा निर्माण भएको ढलान बाटोको शनिबार उद्घाटन गर्दै अधिकारीले चुनावमा जो जसलाई भोट दिए पनि विकास निर्माणमा सबै आफ्नै हुने भन्दै जनसहभागितामा सरकारको पनि साथ रहने बताएका हुन् ।
आफ्नो कार्यकालमा केन्द्रीय स्तरका धेरै योजना ल्याउन सफल भएको बताउँदै उनले यस क्षेत्रका जनताको जीवनस्तरमा सुधार आउने गरी विकास निर्माणका योजनालाई अघि बढाएको बताए ।
‘संघीय सासंद विकास कोषको १० लाख र स्थानीयवासीको ४ लाख ५० हजार गरी १४ लाख ५० हजारको लागतमा निर्माण भएको १ सय ८२ मिटर लम्बाइको बाटो ढलान गरी निर्माण हुँदा त्यस क्षेत्रका ५० घर परिवार लाभान्वित भएको बताइएको छ ।
बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले वडा नं २७ का अध्यक्ष सूर्यमणि लामिछाने, स्थानीय समाजसेवी धनबहादुर गुरुङ र शुक्र अधिकारी लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
फागुन १, २०८१