कञ्चनपुर । पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ को नतिजा पोजेटिभ आएको छ ।
सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दिनुभएको जानकारीअनुसार त्रिनगर सीमानाकाबाट नेपाल भित्रिएका नेपाली ७०० र भारतीय १९७ मध्ये ६२३ को एन्टीजेन परीक्षण गरिएकोमा २२ को नतिजा पोजेटिभ आएको छ ।
यसैगरी, सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका ८२३ मध्ये दुईको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ आएको छ । कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएका यात्रुको सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गरिँदै आएको छ । दैनिक सीमानाका भएर नेपाल भित्रिने यात्रुको सङ्ख्या ७०० देखि एक हजारको हाराहारीमा रहँदै आएको छ । भारतमा कोरोनाको सङ्क्रमण बढेपछि मजदूरीका लागि गएका धमाधम स्वदेश फर्कन थालेका हुन् । रोजगारीको व्यवस्था नभएपछि भारततर्फ जानेको सङ्ख्यासमेत बढ्दो रुपमा रहेको छ ।
शुक्रबार मात्रै सीमानाका त्रिनगरबाट ३०५ नेपाली र १२५ भारतीय भारततर्फ गएका छन् । सीमानाका गड्डाचौकी भएर ३०० भारतीय र नागरिकताका आधारमा भारततर्फ जाने नेपालीको सङ्ख्या १५० रहेको छ ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१