दमौली । पहाडकी रानी बन्दीपुर, त्यही सुन्दर ठाउँ जान पुग्नुपर्ने ठाउँ हो पृथ्वी राजमार्गस्थित डुम्रे बजार । बजार क्षेत्रका फुटपाथमा सामान राखेर व्यवसाय गर्नेको लस्कर । सवारी साधन पनि जथाभावी पार्किङमा छन् । बजारको मुख्य चोकबाट सडकपेटीमा पसल तथा विभिन्न व्यवसाय सञ्चालन गर्ने देखिन्छन् । सडकको पेटी अतिक्रम गरी स्थानीयले व्यवसाय सञ्चालन गर्न थालेपछि पैदल यात्री भने जोखिमकै यात्रा गरी गन्तव्यतर्फ लाग्नुुपर्ने बाध्यता छ । सडक क्षेत्र अस्तव्यस्त र जोखिमयुक्त भइरहेको छ ।
सडकपेटी अतिक्रमण भएपछि पैदलयात्री भने मूल सडकमै हिँडिरहेका छन् । व्यक्तिगत फाइदाका लागि बजारको स्वरुप बिग्रिने र पैदलयात्रीलाई जोखिम हुने गरी सडकपेटी अतिक्रमण गर्दा पनि बन्दीपुर गाँउपालिकाले बजार व्यवस्थापनमा कुनै चासो नदेखाएको स्थानीय रामकृष्ण श्रेष्ठले बताए । उनले भने, ‘बजार व्यवस्थापनका लागि स्थानीय सरकारले केही पनि गर्न सकेको उनले आरोप लगाए ।
१/२ दिन अनुगमन हुन्छ, फेरि जस्ताको त्यस्तै । नालामाथि स्ल्याब लगाएर बनाइएको सडकपेटीमा व्यापारीले व्यावसायिक सामग्री थुपारेपछि राजमार्गमा पैदलयात्रीलाई सवारी साधनले ठक्कर दिने पो हो कि भन्ने चिन्तामात्रै भइरहने स्थानीय रमेश रिजालले बताए । उनले भने,‘सडकपेटीमा व्यवसाय गरेपछि पैदल यात्रीलाई हिँड्न गाह्रो भएको छ । व्यवस्थापनमा कसैले पनि चासो दिएका छैनन् । ’
बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा पटक पटक अनुगमन गरी सम्झाउँदा पनि नटेरेको बताए । उनले भने, ‘जथाभावी व्यवसाय गर्नेका कारण बजार अस्तव्यस्त भएको छ । हामीले पटक पटक अनुगमन गरी कारबाहीसमेत गरेका छौं ।’
गाँउपालिकाले सवारी साधन पार्किङ गर्न ठाउँ छुट्याए पनि जथाभावी पार्किङ गर्ने गरेको अध्यक्ष थापाको भनाइ छ । उनले भने, ‘सबैसँग समन्वय गरी सवारी साधन पार्किङको लागि ठाउँ बनाइएको छ । तर कसैले निर्णयको कार्यान्वयन गर्दैनन् ।’ देशकै पर्यटकीय गन्तव्यको रुपमा चिनिने बन्दीपुर जानलाई डुम्रे बजार हँुदै जानुपर्छ । अस्तव्यस्त रहेको डुम्रे बजारको कारण पर्यटकलाई राम्रो सन्देश दिन सकिरहेको छैन ।
Related News
सम्बन्धित समाचार
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
पोखरामा कोरोना संक्रमितको मृत्यु
गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियाे
लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
कास्कीसहित १४ जिल्ला काेराना अति प्रभावित, पाेखराका स्कुल वैशाखभर खुल्ने छैनन्
hero news full width
मुख्य समाचार
जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता, रेशम चाैधरीकाे मुद्दा के भयाे हाेला ?
सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
वैशाख ६, २०७८संघीय संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
वैशाख ६, २०७८मन्त्रिपरिषद् बैठक बस्दै, बन्द होलान् त मुलुकभरका विद्यालय
वैशाख ६, २०७८आज र भोलि देशभर भिटामिन ए खुवाइँदै
वैशाख ६, २०७८भेडीगोठमा झलल बिजुली, सरर्र मोटर
वैशाख ६, २०७८