पोखरा । पोखरामा सम्पन्न राजन प्रिजेन्टस् प्रथम खुला फुटसल प्रतियोगिताको उपाधि घरेलु टोली टिम डुंगाले हात पारेको छ ।
पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा बिहीबार भएको फाइनल खेलमा ढुकु फुटसल हब काठमाडौंलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै टिम डुंगाले उपाधि रक्षा गरेको हो ।
गोलरहित निर्धारित समय सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । डुंगाका गोलरक्षक अनीश श्रेष्ठले ट्राइबेकरमा १ गोल बचाउँदै टिमलाई च्याम्पियन बनाए । सो खेलबाट श्रेष्ठ म्यान अफ द म्याच घोषित हँुदै ५ हजार र ट्रफी प्राप्त गरे ।
उपाधि जितेको टिम डुंगाले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ३ लाख रुपैयाँ प्राप्त ग¥यो । भने उपविजेता बनेको पाहुना टोली ढुकु फुटसल हब काठमाडांैले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद १ लाख ५० हजार हात पा¥यो ।
प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकको रुपमा डुंगाका अनीश श्रेष्ठ घोषित हँुदै ट्रफी र नगद ३५ हजार प्राप्त गरे । यसैगरी उदीयमान खेलाडीका रुपमा फङ्की बिन्सका अविनाश तामाङ ट्रफी र नगद १० हजारसहित पुरस्कृत बने । अनुशासित टिमको रुपमा स्पोर्टस् क्यासलले सिल्ड प्राप्त ग¥यो ।
सोही कार्यक्रमबीच नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा प्रशिक्षक राजु काजी शाक्यलाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मानसमेत गरिएको थियो । विजेता तथा उपविजेता टोलीका खेलाडीलाई समापन कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, राखेप सदस्य राजेश गुरुङ, गोकर्ण श्रेष्ठ, डुंगा रेस्ट्रो एन्ड लाउन्ज बारका सञ्चालक राजेश गुरुङ, पूर्व राष्ट्रिय खेलाडी राजु काजी शाक्य, राजन गुरुङ, ङोय तमु धिंका निवर्तमान अध्यक्ष जंगबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
यस अघि प्रमुख अतिथि सिलवालले स्वस्थ रहन खेलकुदको भूमिका महत्वपूर्ण रहने बताए । उनले पोखरामा फुटबलको विकास भइरहेको बताउँदै पुरुषसहित महिला फुटसल÷फुटबल प्रतियोगिता आयोजना गर्न समेत सुझाए । सदस्य सचिव सिलवालले कुनै व्यक्ति तथा निजी संस्थाले नेपालै सर्वाधिक ठूलो उपाधि राशिको प्रतियोगिता आयोजना गरिनु उदाहरणीय कार्य रहेको उल्लेख गर्दै अरुले पनि अनुकरण गर्नुपर्ने धारणा राखेका थिए ।
गत १० गते मंगलबारदेखि स्वास्थ्यका लागि खेलकुद भन्ने नारासहित सञ्चालनमा रहेको उक्त प्रतियोगितामा देशभरका कुल २७ टिमको सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
ब्ल्याक बुल्स् सेमिफाइनलमा
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
हिमालयनलाई वडाध्यक्ष कप
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१