सडक विस्तार आयोजनामा चिनियाँ ज्यादति

रामकुमार श्रेष्ठ
चैत्र १३, २०७७
sadak

नवलपरासी । प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षअघि बुटवल–नारायणघाट खण्ड बिस्तारका लागि बुटवलबाट शिलान्यास गरेका थिए ।
एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक स्तरोन्नति गर्न भन्दै शिलान्यास सो सडक २ खण्डमा विभाजन गरी काम सुरु गरिए पनि ठेकेदार कम्पनी चाइना स्ट्रेट इन्जिनियरिङ कर्पोरेसनले बेलाबेलामा विभिन्न कारण देखाएर ढिलासुस्ती गरिरहेको छ ।
निर्माण सुरुको २ वर्ष पुगिसक्दा कामको प्रगति भने ४ प्रतिशतमात्रै भएको आयोजना प्रमुख रमेशचन्द्र्र दिष्टिले बताए । सम्झौताअनुसार अबको डेढ वर्षभित्र सम्पन्न भइसक्नुपर्नेछ । अहिलेसम्मको कामको प्रगति हेर्दा आयोजना तोकिएको समयमा सम्पन्न हुने देखिँदैन ।
कोरोना संक्रमणका कारण भएको लकडाउनले ६ महिना अवरोध भएको काममा रुख कटान र बिजुलीको पोल हटाउने काममा केही समय ठेकेदारको असहमतिले ढिला भएको भए पनि त्यो समस्या टुंगिएको दिष्टीले बताए ।
‘विभिन्न किसिमका प्राविधिक जटिलता हट्दै गए पनि बेलाबेलामा सानो सानो कुरामा समस्या निम्तिने गरेको छ,’ उनले भने, ‘सानो सानो कुरामा समस्या निम्तिनु दुर्भाग्यको कुरा हो ।’
गत वर्ष चैतमा कोरोना संक्रमणका कारण ठप्प भएको काम झण्डै ६ महिनापछि सुरु गरिए पनि तलब नपाएको भन्दै आन्दोलित भए । नवलपुरको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहितको रोहवरमा लिखित सहमति गरेपछि मजदुरहरु काममा फर्किएका थिए ।

मजदुर भन्छन्, ‘तलब नपाउने पनि हामी, पिटाइ खाने पनि हामी’

सहमतिपछि पनि समयमा तलब पाउन नसकेपछि उनीहरु पटक पटक आन्दोलित भए । तेस्रो पटक यो साता पनि सडक बिस्तारको कामले गति लिन सकेन । तेस्रो पटक भने आफूहरुले नभई ठेकेदार कम्पनीले नै १५ दिनका लागि बिदा दिएको अखिल नेपाल ट्रेड युनियन महासंघका इकाइ अध्यक्ष वासुदेव गैरे बताउँछन् ।

महिनैपिच्छे मजदुरको तलब कटौती
ठेकेदार कम्पनीले तलब नदिएको समस्या सहमतिमा टुंगिएपछि पनि मजदुरले पूरा तलब बुझ्न कहिल्यै पाएका छैनन् ।
हरेक महिना २ हजारदेखि १० हजारसम्म तलब काटेर दिने गरेको मजदुरको आरोप छ । आफूहरुले पारिश्रमिक कम आएकोबारे बुझ्दा विभिन्न किसिमको आरोप लगाउने गरेको गैरेले बताए । पछिल्लो पटक केही मजदुरबाट तेल चोरी भएको कुरा कम्पनीले फेला पारेपछि घटना प्रशासनसम्मै पुग्यो । तेल चोरी गर्ने १ जना फेला परेपछि घटनामा ८ जना संलग्न भेटिए ।
चोरी गर्ने कामदारलाई निलम्बन गर्न प्रशासनले समेत अनुमति दिएपछि उनीहरुले नै अबरोध खडा गरेको चिनियाँ कम्पनीको आरोप छ ।
यस पटक पनि सडक बिस्तारको कामले गति लिन सकेको छैन । बदनाम गराउन आफूहरुको नाममा काम रोकेको मजदुर पदमबहादुर आलेले बताए ।

वार्तामा बोलाएर कुटपिट
तेल चोरीको घटनाले निम्तिएको विवाद मिलाउन भन्दै कम्पनीले बुधबार मजदुरलाई कम्पनीको देवचुली १६ रजहरस्थित कार्यालयमा बोलायो । छलफल हुँदै गर्दा एक्कासि चिनियाँ पक्षले मजदुरमाथि कुटपिट गरेको नेता गैरेले बताए ।
‘ठूलो संख्यामा बाहिरबाट पनि ल्याएका चिनियाँले हात हातमा फलामको डन्डी बोकेका थिए,’ घटनाका प्रत्यक्षदर्शी स्थानीय हरिप्रसाद गौतमले भने । तनाव भइरहेकै बेला आइपुगेका कम्पनीका समन्वयकर्ता भूमिनन्द ढकालको गाडी मजदुरहरुले गेट बाहिरै रोकेका थिए ।
घटनापछि चिनियाँ पक्ष र मजदुर पक्ष जिल्ला प्रहरी कार्यालयमा छुट्टाछुट्टै उजुरी दिएका छन् । चिनियाँ पक्षले आफूहरुमाथि आक्रमण गरेकाले असुरक्षित भएको भन्दै उजुरी दिएका छन् । यस्तै, मजदुरले पनि आफूहरुमाथि आक्रमण भएको भन्दै बिहीबार प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
दुवै पक्षबाट उजुरी परेकाले घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।
बुटवल–नारायणगढ सडक अन्तर्गत पहिलो खण्ड गैंडाकोट–दाउन्ने ६५ किमी र दोस्रो खण्ड दाउन्ने–बुटवल ४८ किमी गरी १ सय १३ किलोमिटर ठेक्का चिनियाँ कम्पनीले पाएको थियो ।
गएको वर्षापछि दाउन्ने क्षेत्रमा सडक पूरै भत्किएर जीर्ण बनेको हुँदा पनि काम नभएको भन्दै कम्पनीको आलोचना हुँदै आएको छ । धुलाम्मे बनेको दाउन्ने क्षेत्रमा आगामी ४० दिनभित्रै काम सम्पन्न गर्न कम्पनीले सहमति गराएको नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराईले बताइन् ।
कुल लागत १५ अर्बमा साढे ३ वर्षमा सडक स्तरोन्नति गरिसक्ने सम्झौतामा उल्लेख छ । यो सडक सहरी क्षेत्रमा ६ लेन, जंगलमा ४ र दाउन्ने खण्डमा ३ लेनमा विस्तार हुनेछ । अबको २ वर्षमा निर्माण सक्ने सम्झौतामा उल्लेख छ । तर निर्माणको २ वर्षमा ४ प्रतिशत मात्रै काम भएको छ ।

Related News

सम्बन्धित समाचार

  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…
  • सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको बताएका…
  • पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय आयोजनामा लम्भी हिलमा बिहीबारदेखि श्रीमद्भागवत् गीता ज्ञानमहायज्ञ सुरु भएको छ । कलश यात्रा गरी सुरु…

hero news full width