मुग्लिङ–पोखरा सडक ठूलो बनाउन दोस्रो प्याकेजमा ७ अर्बको ठेक्‍का

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७७
mugling-pokhara-road_8bZ2IKuVmJ

काठमाडौं ।  पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिङ–आबुखैरेनी–पोखरा सडकखण्डको स्तरोन्‍नतिको दोस्रो प्याकेजको ठेक्‍का चिनियाँ कम्पनी अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । एसियाली विकास बैंक (एडीबी)को ऋणमा बन्‍न लागेको यो सडकको स्तरोन्‍नतिका लागि आयोजनाले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लगाएको हो ।

गत वर्ष मंसिर ३ मा सडक स्तरोन्‍नतिका लागि सडक विभागको एडीबी सडक निर्देशनालयले बोलपत्र आह्वान गरेको थियो । गत वर्ष कात्तिकमा एडीबीको यसका लागि २२ अर्ब रुपैयाँ बराबर ऋण स्वीकृत गरेको थियो । सन् २०२५ सम्म निर्माण सम्पन्न हुने लक्ष्य लिइएको यो आयोजनामा पोखरादेखि आबुखैरेनीसम्मको ८१ किलोमिटर खण्ड चार लेनमा विस्तार गरिने छ ।

सरकारले पनि साढे ५ अर्ब लगानी गर्ने यो सडकको बाँकी ८ किलोमिटर खण्डमा पनि मर्मत हुने बताइएको छ। नेपालको मुख्य पर्यटकीय गन्तव्य पोखरा काठमाडौंबाट २ सय किलोमिटरको दूरीमा छ। यो खण्डमा दैनिक ७ हजार ४ सय सवारीसाधन हिँड्छन् । अहिले यो सडक साँघुरो तथा गुणस्तर कमजोर हुँदा यातायात सहज छैन ।

विस्तारित सडकमा सुरक्षाका फिचर्स, चेतावनी लाइट सिस्टम जडान हुने एडीबीले जानकारी गराएको छ। सहरी क्षेत्रमा सडकमा साइकल लेन, फुटपाथ तथा मोटरसाइकल प्रयोगकर्ताका लागि विशेष पूर्वाधार बनाउने लक्ष्य छ । मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गतको आँबुखैरेनी–जामुन्ने खण्डको स्तरोन्‍नतिको काम चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले गरिरहेको छ । गत डिसेम्बरमा चिनियाँ कम्पनीले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा मुग्लिन–पोखरा सडकअन्तर्गतको पूर्व खण्ड आँबुखैरनी–जामुने सडक निर्माणको जिम्मा पाएको थियो ।

एडीबीले पहिलो चरणमा मुग्लिन–पोखरा सडक खण्डअन्तर्गतको आँबुखैरेनी–पोखरा खण्ड निर्माण प्रक्रिया अघि बढाएको थियो । मुग्लिन देखि पोखराको दूरी करिव ९३ किमि छ। जसमा आँबुखैरेनी देखि पोखराको दूरी ८६.६ किमि छ । निर्देशनालयले आँबुखैरेनी–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरेको छ। आँबुखैरेनी–जामुने (४१.४५ किमि) पूर्वी खण्ड र जामुने–पोखरा (४५ किमि) रहेको छ। जामुने–पोखरा खण्ड विस्तारका लागि अनहुइ काइयुआनले पाएको थियो ।

यस खण्डमा ६७ मेगावट क्षमताको मस्र्याङ्दी जलविद्युत् गृह रहेको छ। सडक विस्तार गर्दा जलविद्युत् गृहमा क्षति पुग्ने थियो। रेखांकन परिवर्तन गर्न मन्त्रिपरिषद्ले २०७५ चैतमा स्वीकृति प्रदान गरेको थियो। डीपीआरको जिम्मा कोरियाली परामर्शदाता एमएमएम ग्रुपले पाएको थियो ।

घनाबस्ती भएको स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ । विस्तारित सडक दुवैतर्फ ७–७ मिटरको हुनेछ। एउटा लेन साढे तीन मिटर चौडा हुन्छ । मुख्य सडकलाई एकअर्काबाट छुट्ट्याउन तीन मिटरको डिभाइडर निर्माण गरिनेछ । आकस्मिक अवस्थामा सवारी रोक्न साढे दुई मिटरको सोल्डर हुन्छ । सडकको दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन हुन्छ। ढल व्यवस्थापन गर्न दुवैतर्फ दुई मिटर छुट्ट्याइएको हुन्छ। पैदल यात्रुका लागि १–१ मिटरको फुटपाथ हुन्छ।

सर्भिस लेन र मुख्य सडक छुट्ट्याउन ०.७५ मिटरको पर्खाल बनाइनेछ। खुला ठाउँ र पहाडी बस्ती भएको स्थानमा सडक १८ मिटरसम्मको हुनेछ । यी स्थानमा सर्भिस लेन र ढल निर्माण गर्नु नपर्ने भएकाले सडकको चौडा सानो हुनेगरी डिजाइन गरिएको निर्देशनालयले जनाएको छ । इकाजबाट

Related News

सम्बन्धित समाचार

  • डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । डिपेन्डेन्ट भिसामा विदेश लैजान्छु भनी ठगी गरेको आरोपमा २ जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको…
  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…
  • सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको बताएका…

hero news full width