पोखरा । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी अध्यक्षमा सहदेव पौडेल चयन भएका छन् ।
नेल्टाको पोखरामा शनिबार सम्पन्न दोस्रो भेला तथा अधिवेशनले आगामी ४ वर्षका लागि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको खुल्ला उपाध्यक्ष बलराम अधिकारी, महिला उपाध्यक्ष गोमाकुमारी श्रेष्ठ, सचिव पुरुषोत्तम कोइराला, सहसचिव मनोज पन्त, कोषाध्यक्ष सुशील बास्तोला छन् ।
समितिको सदस्यमा इन्द्रहरी खनाल, प्रदिप गौतम, खेम पौडेल, हेम भुर्तेल, लोकराज कोइराला, अर्जुन ढकाल र गणेश जिसी छन् । निर्वाचित अध्यक्ष सहदेव पौडेलले कृषि प्राविधिकलाई समेट्दै समस्या समाधानमा प्राथमिकता दिने बताए ।
निर्वाचन संयोजक नवीन सिग्देल, नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष विमला भण्डारी, नेल्टाका अध्यक्ष जनकबहादुर रावल, महासचिव सुरेश श्रेष्ठ लगायतले निर्वाचित कार्य समितिका पदाधिकारी एवं सदस्यहरुलाई बधाई ज्ञापन गरे । अधिवेशनको उद्घाटन कांग्रेस केन्द्रीय सदस्य गगन थापाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१