भरतपुर । चितवनको कङ्काली माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि विद्यार्थी नियमित हुन थालेका छन् । सङ्घीय सरकारले नर्सरीदेखि कक्षा ५ सम्म दिवा खाजा शुरु गरेको हो । यसअघि नर्सरीलाई मात्रै नगरपालिकाले खाजाको व्यवस्था गर्दै आएको थियो । दिवा खाजा कार्यक्रमले विद्यार्थी नियमित विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक अञ्जना आचार्यले बताउनुभयो ।
दिवा खाजामा महिनाको एक दिन सो विद्यालयमा मासु पुलाउको समेत व्यवस्था गरिएको छ । त्यसबाहेक तरकारी भुजा, चिउरा, खिर, हलुवा, जाउलो तालिका बनाएर दिइने गरिएको प्रधानाध्यापक आचार्यले जानकारी दिनुभयो । मासु पुलाउ तालिकामा नभए पनि महिनाको एक दिन दिइएको छ । विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्ममा ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कूल विद्यार्थी ६५७ छन् । बाल विकासमा ८८ विद्यार्थी रहेकामा खाजा कार्यक्रमपछि ९३ पुगेको प्रधानाध्यापक आचार्यले बताउनुभयो ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष झण्डै १०० विद्यार्थी थपिएका छन् । त्यसमा निजी विद्यालय छाडेर आउने पनि छन् । मध्यमस्तरका अभिभावकले निजी विद्यालयबाट आफ्ना छोराछोरीलाई यस विद्यालयमा ल्याएको प्रधानाध्यापक आचार्यको भनाइ छ । विसं २०२४ मा स्थापना भएको सो विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिका लागि कम्प्युटर कक्षा वृद्धि, ५ कक्षासम्म पूर्णरूपमा अङ्ग्रेजी माध्यम र ६ देखि ९ कक्षासम्म गणित तथा विज्ञान अङ्ग्रेजी माध्यमबाट पढाइ, निगरानी, अनुगमन, शैक्षिक परामर्श, अभिभावक भेला, नर्सरीदेखि कक्षा ५ सम्म एउटा कक्षा प्रोजेक्टरको माध्यमबाट सिकाइ हुँदै आएको छ ।
खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरी सामुदायिक विद्यालयको नजिता प्रभावकारी बनाउन शिक्षक, विद्यार्थी अभिभावक जिम्मेवार हुनुपर्ने बताउनुहुन्छ । “सामुदायिक विद्यालयको नजिता क्रमशः सुधार हुँदैछ”, नगरप्रमुख चौधरीले भन्नुभयो, “सबै जिम्मेवार भए निजी विद्यालयको जस्तै नजिता दिन सकिन्छ ।”
Related News
सम्बन्धित समाचार
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना
रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१