लमजुङ । लीलबहादुर स्मृति कप फुटबल प्रतियोगिताको उपाधि सराँतेपोखरी युवा क्लब बेंसीसहरको पोल्टामा परेको छ । सुन्दरबजार फुटबल क्लबलाई सराँतेपोखरीले टाइब्रेकरमा ४ का विरुद्ध ५ गोल गर्दै उपाधि जितेको हो । पुरस्कार राशि १ लाख रुपैयाँको रहेको छ ।
सेमिफाइनल खेलमा सराँतेपोखरी युवा क्लबले दुराडाँडाको च्यानपाटा युवा क्लब सुन्दरबजारलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै उपविजेता सुन्दरबजार फुटबल क्लबले उदीपुरलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
सुन्दरबजार फुटबल क्लबका आशीष गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । खेल अवधिभर १२ गोल गरेका सुन्दरबजार फुटबल क्लबकै इन्द्र दुरा सर्वाधिक गोलकर्ता घोषित भए । उदीपुरस्थित नेपाली सेनाको श्रीजंग गणको समूह अनुशासित टिम घोषित भएको आयोजक ओम सिद्धार्थ युवा क्लबका अध्यक्ष हिरासंह गुरुङले बताए । ९ दिनसम्म चलेको प्रतियोगिता लक्ष्य अनुसार सफल भएको आयोजक समिति संयोजक सन्तोष गुरुङले बताए ।
शिवरात्रिका अवसरमा आयोजित प्रतियोगितामा ३० टिम सहभागी भएको संयोजक गुरुङले जानकारी दिए ।
बेंसीसहरका नगर प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गरेका थिए । कार्यक्रम समापनका अवसरमा विजयी टिम तथा खेलाडीलाई बेंसीसहर २ का अध्यक्ष गणेश कँडेलले पुरस्कार वितरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता
हिसानको फुटसल सुरु
अली मियाँ फुटबल जारी
आहा रारामा ११ टिम टुंगो
hero news full width
मुख्य समाचार
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१