पोखरा। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीले आयोजना गरेको लोकदोहोरी गीत प्रतियोगितामा बागलुङ विजयी भएको छ । फाइनलमा स्याङ्जाको टिमलाई पराजित गर्दै बागलुङ विजयी भएको हो ।
सुमन खड्का र शर्मिला विसी सम्मिलित बागलुङको टिम विजयी हुँदै १ लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो भने प्रकाश पराजुली र सपना रोका सम्मिलित स्याङ्जा टिमले ७७ हजार ७ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, लमजुङको टिम तेस्रो हुँदै ३३ हजार ३ सय रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । लमजुङतर्फबाट प्रशान्त तामाङ र प्रिती गिरीको टिम प्रतिस्पर्धामा उत्रिएका थिए । सान्त्वना तनहुँले ११ हजार १ सय रुपैयाँ पायो ।
यस्तै, उत्कृष्ट गायक–गायिकाको पुरस्कार गोरखाका चित्र गुरुङ र देवी आलेले हात पारे । अनुशासित गायकमा उमेश अधिकारी र हिरण थापामगरलाई पुरस्कृत गरियो । हाउभाउ सहितको मौलिक प्रस्तुतिमा सीमा शाही र हिरा किसान अब्बल ठहरिए ।
प्रतिष्ठान नेपालको स्थापना दिवस अवसर पारेर आयोजित प्रतियोगितामा गण्डकीका मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाको प्रतिनिधित्वि थियो ।
निर्णायकमा प्रतिष्ठानका पूर्व अध्यक्ष प्रजापति पराजुली, प्रतिष्ठान अध्यक्ष रमेश विजी, पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने र शान्ति गुरुङ थिए ।
यसअघि जिल्लास्तरमा छनोट भई आएका टिमबीच प्रतिष्पर्धा गराइएको प्राविधिक निर्णायक संयोजक तथा प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जीवन दाहालले जानकारी दिए ।
प्रतियोगिता उद्घाटन गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गण्डकी प्रदेश लोकगीतसंगीतको उर्वरभूमि भएकाले यसको संरक्षणमा प्रतिष्ठानसँगै हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
लोकदोहोरी क्षेत्रमा क्रियाशील अम्मर धिताल र रेवती पौडेल तथा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, भूमि सम्बन्धी आयोग कास्कीका संयोजक दामोदर वैरागी, कल्याणकारी कोषमा सहयोग गर्ने पूर्व सल्लाहकार भीम भट्टटाईलाई सम्मान गरिएको प्रतिष्ठान गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।
कार्यक्रममा गायक रामजी खाँडले प्रस्तुति राखेका थिए भने वरिष्ठ उपाध्यक्ष पूर्ण परियार र सचिव राजन कार्कीले पनि बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
भ्यालेन्टाइन्स डे अवसरमा ‘द एज’ र ‘स्वर’ ब्याण्ड एकसाथ
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सञ्जीव पालको निधनले तारादेवी–अरुणा लामा स्मृति स्रष्टा साँझ स्थगित
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
गायन र नृत्य जित्नेलाई एक करोड
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१