पोखरा । पाल्पाली समाज पोखराको १० औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको बुधबार पदस्थापन भएको छ ।
समाजको सचिवालयमा आयोजित समारोहमा निर्वाचन संयोजक नारायणप्रसाद पौडेलले रेशम थापा रचक नेतृत्वको नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै पदस्थापन गराएका हुन् ।
कार्यभार सम्हाल्दै अध्यक्ष थापाले आगामी २ वर्षे कार्यकालमा पुराना गतिविधिलाई परिस्कृत गर्दै रचनात्मक कार्यक्रमलाई जोड दिने प्रतिबद्धता व्यक्त गरे । उनले बृहत् छलफल गरी आफ्नो कार्यकालमा गर्ने योजनाबारे आगामी बैठकमा जानकारी दिने बताए ।
यसैबीच, पहिलो बैठकले समाजका द्वितीय उपाध्यक्ष श्रीधर पराजुलीको संयोजकत्वमा २०७८ सालको भित्तेपात्रो निकाल्ने निर्णय गरेको छ । सो समिति सदस्यमा सुमन आचार्य, पदमप्रसाद पोखरेल, किरण पाण्डे र सुशीला थापा कुँवर छन् ।
कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष कुलप्रसाद घिमिरे, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, द्वितीय उपाध्यक्ष श्रीधर पराजुलीले बोलेका थिए ।
समाजको प्रथम उपाध्यक्ष बालचन्द्र परियार, द्वितीय उपाध्यक्ष श्रीधर पराजुली, तृतीय उपाध्यक्ष अनन्त अधिकारी, महासचिव केशव नेपाल, सचिव सञ्जय आत्रेय, सहसचिव युमाया पचभैया, कोषाध्यक्ष उमा सापकोटा, सहकोषाध्यक्ष गिरिराज पोख्रेल चयन भएका हुन् ।
यस्तै, सदस्यमा रेनुका बज्राचार्य, गीतादेवी शर्मा, दामोदर बस्याल, पिताम्बर तिमिल्सिना, पदमप्रसाद पोख्रेल, वर्षा श्रेष्ठ, धनबहादुर झेंडी, सुमन आचार्य, रमेशकुमार पौडेल, सुशीला थापा कुँवर र किरण पाण्डे छन् । निर्वाचन समिति सदस्यमा ताराप्रसाद पोखरेल र माधवी पाण्डेय थिए ।
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
लायन्स आदर्श चौतारीको शिविर
गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१