कास्कीको माछापुच्छ्रे–६, भिडाबारीमा सडक पिच गरिँदै । तस्बिर: श्रीभद्र पौडेल
हेमजा । अघिल्लो पुस्ताकालाई लाग्थ्यो, बाटो सानो बनाएर गरा बिराउन पाए हुने । धेरै सन्तान, पालनपोषणमा समस्या । त्यसैले बाटो कम छोडेर भए पनि खेतीपातीका लागि गरा बिराउने चलन थियो । अहिले त्यस्तो छैन । समय फेरियो । परिस्थितिले कोल्टो फेर्यो । आममान्यतामा बदलियो ।
बिस्तारै विकास गाउँ छिर्यो । गाउँघरमा खेतबारी भत्काएर डोजर र जेसिबी देखिन थाले ।
अहिले जग्गा घटाउने तर बाटो बढाउने प्रचलन छ । माछापुच्छ्रे–६, धितालका टीकाराम परियारले पनि पहिले पहिले खेतीपातीका लागि भन्दै धेरै जग्गा बिराए । परिवारका सदस्य पाल्न सजिलो भयो । चालीसको दशकतिर उनी पोखरा आउजाउ गर्दा यातायातको महत्व बुझ्न थाले । पोखरामा चल्ने जस्ता गाडी आफ्नो गाउँमा कहिले पुग्ने होलान् भन्ने लागेछ । उनी कल्पनामै हराए ।
बिस्तारै विकास गाउँ छिर्याे । गाउँघरमा खेतबारी भत्काएर डोजर र जेसिबी देखिन थाले । २०५१/०५२ सालतिरको कुरो हो, धितालमा एकसरो बाटो पुग्यो । त्यही बाटोलाई १/२ वर्ष अन्तरातमा तत्कालीन गाविसको बजेटबाट स्तरोन्नति गरिँदै लगियो । तैपनि सोचेजस्तो प्रगति भएन ।
२ वर्षअघिमात्र हेमजाको मेलबोट, खानेपानी मुहान, लुम्रे हुँदै सिधिङसम्मको सडक स्तरोन्नतिका लागि २६ करोड बढीको टेन्डर पर्यो । त्यो खबरले उनी हर्षित बने । २०७५ सालदेखि सुरु योजना २ वर्ष अन्तरालसँगै टीकारामको घर नजिकैको बाटो हेर्दाहेर्दै कालोपत्रे भइरहेको छ ।
‘पहिला पहिला खाली खुट्टा कति हिँडियो कति । अब सुविस्ता हुने भयो ।’ उनले भने, ‘कालोपत्रे निर्माण सम्पन्नपछि कोही मानिस यदि दुःख बिमार हुँदा समयमै प्रदेश राजधानी पोखराका ठूल्ठूला अस्पताल पुग्न सजिलो हुने भयो ।’
धितालकै तारापति गौतम पनि सडक पिच भइराखेको देखेर निकै खुसी छन् । ‘अब मेरो त उमेर ढल्कियो । जे भए पनि बाटो पिच भएको देख्न पाइयो ।’
परियार र गौतमजस्तै माछापुच्छे« गाउँपालिकावासी हेमजास्थित मेलबोटदेखि खानेपानी मुहान, लुम्रे हुँदै सिदिङसम्मको सडक स्तरोन्नति अन्तिम चरणमा पुगेसँगै खुसी भएका छन् । पालिका प्रवेश गर्ने मुख्य मार्ग कालोपत्रे हुन थालेको र प्रदेश राजधानी पोखरा आवातजावतमा सहज हुने, कृषि उत्पादनले बजार पाउने, पठनपाठनमा सहजता हुने तथा रोगव्याधी लाग्दा उपचारमा सजिलो हुने उनीहरुको भनाइ छ ।
सडक स्तरोन्नति अन्तर्गत यतिबेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लगानीमा भिडावारी, लुम्रे र एक्ले घर क्षेत्रमा गरी ३ ठाउँमा धमाधम कालोपत्रे भइरहेको छ । कुल १५.९ किलोमिटर लम्बाइको सो सडकखण्ड निर्माण अन्तर्गत हालसम्म करिब ८५ प्रतिशत निर्माण सकिएको निर्माण कम्पनी हिमदुङ एन्ड थोकर जेभी काठमाडौंका प्रतिनिधि ऋषि गौतमले जानकारी दिए । सडक पिच गर्न दैनिक ६५ मजदुर खटिएका छन् । हाल ३ किमीभन्दा बढी सडक कालोपत्रे भइसकेको छ । त्यस्तै १ हजार ४ सय मिटर ढलान र केही ग्राभेल भएको छ । आगामी महिनासम्म सम्पूर्ण कार्य सक्ने योजना छ ।
कुल २६ करोड १ लाख ९७ हजार रुपैयाँ लगानीमा सडकखण्ड स्तरोन्नति गरिएको हो । डेढ वर्षमै सक्ने गरी २०७५ असार २७ मा सोको सम्झौता भएको थियो ।
.
Related News
सम्बन्धित समाचार
जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१