वालिङ । वालिङका महिला आफैले उत्पादन गरेको फसल भित्र्याएर अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन् । वालिङ ८ को समाजसुधार बहुउदेश्यीय आमा समूहका सदस्यले सामूहिक रुपमा उत्पादन गरेको आलु भिœयाएर दिवस मनाएका हुन् । वालिङको मुख्य बजारका ७० जना महिलाहरुको सक्रियतामा स्थापना भएको समूहले सामूहिक खेती अन्तर्गत आलु खेती गरेको समूहका अध्यक्ष प्रेमकुमारी रेग्मीले बताइन् ।
दियालो संस्थाले उपलव्ध गराएको आलुको बिउलाई सामूहिक रुपमा लगाइएको र उत्पादन पनि राम्रो भएको संस्थाका सचिव इन्दिरा गैह्रेले बताइन् । वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी समूहकी अध्यक्षसमेत रहेकी कविता भुसालले भनिन्, ‘सामूहिक रुपमा खेती गर्दा निक्कै आनन्द आएको छ । अब हामी यसलाई निरन्तरता दिन्छौं ।’
उत्पादन भएको आलु सदस्यहरुलाई नै बिक्री गरीने र समूहको कोष बृद्धि गरिने अध्यक्ष रेग्मीले स्पष्ट पारिन् । उनले थपिन्, ‘आगामी दिनमा सामूहिक खेतीको लागि अरुको भर पर्नु नपर्ने अवस्थामा पुग्न हामीहरु लागि परेका छौंं ।’
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत उक्त समूहले ५ रोपनी जग्गा भाडामा लिएर आलु खेती गरेको हो ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१