तनहुँ । १११ औं अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा देवघाट गाउँपालिकाले अनौलो खालको प्रतियोगिता गरेको छ । श्रीमान्लाई बोकेर दौडिने सो प्रतियोगिता नेपालमै सम्भवतः पहिलो हो ।
जोडी दौड प्रतियोगिता विष्णु अधिकारी र पदम अधिकारीको जोडी प्रथम हुन सफल भयो । प्रतियोगितामा गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो, सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तेस्रो भयो ।
देवघाट–५ स्थित कालिका माविमा भएको प्रतियोगितामा १४ जोडीले भाग लिएको गाँउपालिका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।
जिल्लामा पहिलो पटक भएको श्रीमान् बोकेर दौडिने प्रतियोगिताको दूरी १ सय मिटरको थियो । महिलाहरु शारीरिक र मानसिक रुपमा पुरुष सरह सक्षम छन् भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गरिएको अध्यक्ष थापाले बताए ।
विजेतालाई राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने, गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापा, उपाध्यक्ष विमला थापाले संयुक्त रुपमा सिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
गायिका समीक्षा अधिकारी सम्मानित
मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप
जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१