फागुन । सिद्धार्थ क्लब पोखराले बुधबार बिहान गरेको कार्यक्रममा ९४ युनिट रक्त संकलन भएको छ । रक्त संचार केन्द्र, पोखराको प्राविधिक सहयोग तथा बगालेटोल सामुदायिक विकास केन्द, सिद्धार्थ टोल विकास संस्था, सम्झौता नारी जागृती समुह र ट्रेडमल दिदीबहिनी समूहको सहआयोजनामा मानवअधिकार चोकमा कार्यक्रम भएको हो ।
गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालाले प्रथम रक्तदाता डा. आशिष श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी शुभारम्भ गरिन् । कोइरालाले सिद्धार्थ क्लबका सामाजिक कार्यक्रमहरुको प्रशंसा गर्दै आफू पनि विगतमा सक्रिय रक्तदाता रहेको बताइन् ।
समाजमा रगतको आवश्यक भएका बेला रगत अभावकै कारणले हुन सक्ने मानवीय क्षतीलाई न्यूनीकरण गर्ने उद्देश्यले क्लबले यस्तो कार्यक्रम गरेको अध्यक्ष पार्वती माकाजूले बताइन् । सहयोगी संस्था, शुभचिन्तक एवं रक्तदान गर्ने सम्पूर्ण दातालाई उनले धन्यवाद व्यक्त गरिन् । कार्यक्रम संयोजक प्रमोदनारायण श्रेष्ठले स्वागत गरेको कार्यक्रम सचिव इन्दिरा मर्सानी श्रेष्ठ र पूर्व अध्यक्ष रवि मर्सानीले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१