नवलपुर । प्रचण्ड नेपाल पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नवलपुर जिल्ला कमिटिद्वारा सहिद तथा बेपत्ता परिवारलाई बुधबार कावासोती १६ डन्डामा सम्मान गरेको छ ।
सहिद सप्ताहको अवसरमा जनयुद्ध – जनआन्दोलनका सहिद परिवार, बेपत्ता योद्धा परिवारको भेटघाट तथा सम्मान कार्यक्रम गरिएको हो । माओ विचार धाराका कम्युनिस्ट पार्टीहरूले फागुन १४ देखि २१ गतेसम्मलाई सहिद सप्ताहका रूपमा मनाउँदै आएका छन् ।
यसै अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) प्रचण्ड–माधव समूह नवलपुरको आयोजनामा यो कार्यक्रम भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नवलपुरका जिल्ला सचिव मित्रशरण शर्मा बिहानीको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सचिवालय सदस्य कृण्ण पौडेल प्रमुख अतिथि थिए ।
पौडेलले युद्ध र आन्दोलन क्रममा शहादत प्राप्त गर्ने सम्पूर्णमा आफूहरूको सम्मान रहेको बताएका छन् । हिजोका दिनमा देश र राष्ट्रका निम्ति, राष्ट्रियता जोगाउनका निम्ति, गणतन्त्र प्राप्तका निम्ति आफ्नो ज्यान बलिदान दिन तयार हुन्थे तर आजका दिनमा केही मान्छेहरू कुर्ची र सत्ताका निम्ति जस्तो सुकै लडाई लड्न तयार भएको देखिएको उनले बताए ।
कार्यक्रममा सहिद परिवार तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य बालकृण्ण रानाभाट, प्रदेश कमिटि सदस्य धनञ्जय शर्मा, सहिद परिवार मनरूपा कँडेल, सहिद परिवार दमयिन्ती रूचाल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमका अध्यक्ष बिहानीले जनयुद्धका सम्पूर्ण सहिदहरूलाई राज्यले सहिद घोषणा गरिनसकेकाले अब आफूहरूले पहल गरेर घोषणा गराइछाड्ने बताए । कार्यक्रममा ३३ जना सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण प्रदेश कमिटि सचिवालय सदस्य धनप्रसाद सापकोटाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एकीकृत समाजवादी गण्डकीमा नेपाली
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१