पोखरा । बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा मादी गाउँपालिका वडा ६ बाट एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भूमि आधारभूत विद्यालयका प्रअ ४५ वर्षीय इन्द्रबहादुर थापा हुन् ।
कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई निःशुल्क खाने बस्ने व्यवस्था गरी स्कुलमा पढाउने भनी ल्याएर राखी यातना दिएको उनीमाथि आरोप छ ।
विद्यार्थीलाई कुटपिट गरेर सख्त घाइते बनाएको सूचना आधारमा कास्की प्रहरीले शनिबार उनलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता प्रहरी नायक उपरीक्षक सुवास हमालले जानकारी दिए ।
स्रोतका अनुसार उनले जागीर र प्रधानाध्यापकको पद जोगाउन ७ विद्यार्थीलाई २ वर्षदेखि बन्धक बनाएको खुलेको छ । उनले लमजुङ, तनहुँलगायत जिल्लाबाट ४ देखि १२ वर्षसम्मका विद्यार्थी ल्याएर आफ्नै घरमा राखेका थिए ।
आर्थिक अवस्था कमजोर भएका अभिभावकका छोराछोरीलाई आफ्नै घरमा राखेर पढाउने भन्दै ल्याएको स्रोतले जानकारी दिएको छ ।
उनीमाथि बालबालिकासम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता हमालले बताए । त्यस्तै, बालबालिकालाई सिविन नेपाल संस्थामा राखेर उनीहरुको ठेगाना र अभिभावकको खोजी कार्य भइरहेको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
ज्येष्ठ नागरिकमैत्री विविध सांस्कृतिक तथा भजन प्रतियोगिता तयारी पूरा
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
hero news full width
मुख्य समाचार
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१