पोखरा । कास्की जिल्ला क्रिकेट संघको तेस्रो साधारण सभा भएको छ । सभाले कार्यसमितिमा रिक्त २ पदमध्ये १ सदस्यमा अरुण पौडेललाई मनोनीत गरेको छ । यस्तै रिक्त अर्को पदपूर्तिका लागि कार्यसमितिलाई नै जिम्मेवारी दिएको छ ।
सभाले पोखरा रंगशालाको क्रिकेट मैदान सञ्चालनका लागि कार्यविधि तय गर्दै मैदान प्रयोग गरेवापत संघमा आवद्ध क्लबलाई ४ हजार, अन्यका लागि ६ हजार र विदेशीका लागि ८ हजार दर तोकेको छ ।
कार्यक्रममा सचिव दीपेन्द्रप्रताप चन्दको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्र गुरुङ (जिमी) को प्रतिवेदन पारित भयो ।
संस्थाले भावी कार्यक्रम अन्तर्गत खेलमैदान सुधार, क्रिकेट एकेडेमीको सञ्चालन, विद्यालयस्तरीय छात्रछात्रा क्रिकेट प्रतियोगिता, जिल्लास्तरीय क्रिकेट प्रतियोगिता, अम्पायर तथा स्कोरर तालिम, नवौं राष्ट्रिय खेलकुद तयारीका लागि बन्द प्रशिक्षण, मनोरञ्जनात्मक क्रिकेट, प्रोत्साहन पुरस्कार, विदेशी टिमसँग मैत्रीपूर्ण क्रिकेट खेल, संघको कार्यालय व्यवस्थापन, सम्मान कार्यक्रम जोड दिएको छ ।
यसअघि कार्यक्रम उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेश गुरुङले कास्की क्रिकेट खेलका लागि सम्भावना भएको जिल्लाको रुपमा रहेको बताए ।
१३ औं साग अन्तर्गत महिला क्रिकेट आयोजनाले पनि पोखरा क्रिकेट खेलका लागि सम्भावना जिल्लाका रुपमा रहेको बताउँदै उनले सागमा रोकिएको सबै रकम राखेपले उपलव्ध गराउने प्रतिबद्धता जनाए ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद तयारीका लागि समेत मैदान मर्मत अपरिहार्य रहेको बताउँदै यस वर्ष विनियोजित रकम २५ लाखले काम सुरुवात गर्ने बताए ।
संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य ऋषिराम गौतम, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सलाई एनपिएल उपाधि
आइसिसी प्रतिनिधि पोखरामा
क्रिकेटरलाई नगद १ लाखसहित सम्मान
महिला क्रिकेट टोली पहिलोपल्ट विश्वकपमा छनोट
दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी पाेखरामा
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१