तस्बिर सौजन्य : कुमार केसी
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ बाट बिरामी बोकेर पोखरातर्फ जाँदै गरेको बलेरो जीप दुर्घटनामा परेको छ ।
बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४, तातोपानीको फापरखेत पहिरो नजिकै बिहीबार राति करिब १० बजेको समयमा ग १ ज ६७८८ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । दुर्घटना हुँदा जिपमा सवार चालक सहित पाँच जना मध्ये एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा मालिका गाउँपालिका वडा नम्बर ३ का ६२ वर्षीय गोविन्द रोका मगर रहेका छन्।
यसैगरी, घाइते हुनेमा मालिका–३ की ३० वर्षीया रेजुना रोका मगर, मालिका –३ का ३८ वर्षीय खगेन्द्र रोकामगर, सोही मालिका–३ का २९ वर्षीय रविन्द्र रोकामगर र मालिका –१ का चालक अन्दाजी ३२ का नरबहादुर सिउथानी रहेकाे जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, जिप सडकको घुम्तीदेखि करिब ५० मिटर तल खोला किनारमा खसेको थियो । दुर्घटनामा गम्भीर घाइते स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि बेनी अस्पताल ल्याइएको थियो ।
गम्भीर घाइते गोविन्दलाई अस्पतालले मृत घोषणा गरेको हो । घाइते चालकको खुट्टाको गोडामा गहिरो चोट लागेकोले थप उपचारका लागि पोखरा रिफर गरिएकाे छ । अन्यको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१