संसद पुनर्स्थापनापछि विजय र्‍याली

आदर्श समाज सम्वाददाता
फागुन १२, २०७७
cpn myagdi

पोखरा । प्रतिनिधिसभा पुनर्स्थापना भएको खुसीयालीमा नेकपाको प्रचण्ड–माधव समूहले देशका विभिन्न भागमा बुधबार विजय उत्सव ¥याली निकालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरेपछि चरणबद्ध आन्दोलनमा उत्रिएको नेकपाको सो समूहले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै उत्सव मनाएको हो ।

सहभागीले रातो टीका लगाएका थिए । उनीहरुले सूर्य र हँसिया हथौडाको झन्डा बोकेर लोकतन्त्र जिन्दावाद, केपी ओली बाईबाई लगायत नारा लगाएका थिए ।

पोखरामा पनि अदालतको फैसलाको स्वागत गर्दै ¥याली निकालिएको थियो । पृथ्वीचोकबाट सुरु ¥याली सभागृहचोक, न्यूरोडहुँदै चिप्लेढुंगा मानव अधिकारचोक पुगेर कोणसभामा परिणत भएको थियो । सहभागीले न्यायालय हाइहाइ, केपी ओली बाइबाइ, केपी तिम्रो पाराले, दुःख पाए साराले लगायत नारा लगाएका थिए ।

पार्टीका नेकपा केन्द्रीय सदस्य तुलबहादुर गुरुङले संसद पुनस्र्थापना गर्ने सर्वोच्चको फैसला ऐतिहासिक दिनको रुपमा अंकित हुने बताए । उनले नैतिकता भए प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह गरे ।

नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङले प्रतिगामी कदमको साथ दिने ओली समूहका इमानदार कम्युनिष्ट नेता तथा कार्यकर्तालाई मूल पार्टीमा फर्किन आग्रह गरे ।

वाम बुद्धिजीवी सुरेन्द्र थापामगरले संविधानको कुनै पनि धाराले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएकाले प्रतिगमन सच्चिएको बताए ।

म्याग्दी ।
प्रचण्ड–माधव समूहले बुधबार वेनीमा पनि विजय ¥याली निकालेकाे छ। वीरेन्द्रचोकमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा गण्डकी प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले संविधानमै नभएको अधिकार प्रयोग गरि ओलीले चालेको कदमलाई सर्वोच्च अदालतले उल्टाइदिएको बताए ।

नेकपाकै अध्यक्ष समेत रहेका ओलीले मुलुकलाई उल्टो गतितर्फ लैजान खोजेपछि पार्टीको बहुमत पक्षले उक्त कदमका विरुद्धमा आन्दोलन गरेको बताउँदै नेता पाण्डेले संविधान कार्यान्वयनका लागि थप जिम्मेवारी थपिएको बताए ।

नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल र सचिव बालकृष्ण सुवेदीले ओलीको प्रतिगमन विरुद्धको आन्दोलनले सार्थकता पाएकोमा जोड दिए । उनीहरुले जिल्लामा ओली पक्षका केही नेताले कार्यकर्तालाई अलमलमा पार्न खोजेको बताउँदै गलतलाई गलत र सहीलाई सही भन्न नसक्ने नेताको पछि लागेर भविश्य अन्धकारमा नलैजान नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे । सभाको सञ्चालन युवा नेता कृष्णकुमार विश्वकर्माले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width