नवलपुर । विद्यालयको वार्षिकोत्सव मनाउने क्रममा मंगलबार मुल गेट लड्दा च्यापिएर मृत्यु भएकी बालिकाका आफन्त र विद्यालय प्रशासनबीच सहमति भएको छ ।
पूर्वी नवलपरासीको कावासोती ५ कालिका माविमा सोही विद्यालयमा अध्ययनरत कक्षा ३ का ८ वर्षीया बालिका गमित्रा सिंगालीको गेटले च्यापिएर निधन भएको थियो ।
बुधबार विद्यालय प्रशासन, स्थानीय बासिन्दा र बालिकाको आफन्तबीचको छलफलपछि बालिकालाई विद्यालय सहिद घोषणा गरेर विद्यालयको हरेक वार्षिकोत्सवका दिन श्रद्धाञ्जली अर्पण गर्ने, मृतक बालिकाकी दिदीलाई नवलपुर जिल्ला भरीको जुनसुकै सामुदायिक विद्यालयमा अध्ययन गरे पनि कक्षा १२ सम्म निशुल्क अध्यापन गराउने, मृतकका बुवाआमालाई बसोबासका लागि कावासोती ५ वडा कार्यालयसँग जग्गा व्यवस्थापनका लागि माग गर्ने, बालिकाको परिवारलाई काजक्रिया खर्चका लागि तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने र थप २ लाख आर्थिक सहयोग गर्ने सहमति भएको बालिकाका आफन्त सुमन मल्ल ठकुरीले बताए ।
सहमतिपछि मृतक बालिकाको परिवारले बालिकाको पोस्टमार्टमका लागि प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय नवलपुरमा जाहेरी दिएका छन् ।
Related News
सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
भ्रमणको बस दुर्घटना
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१