पोखरा । नाम सिफारिसको लामो समयपछि पोखरा प्रज्ञा प्रतिष्ठान गठन भएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बुधबार कुलपतिसहित ७ जनालाई नियुक्त गरेका छन् ।
प्रतिष्ठानको कुलपतिमा पदमराज ढकाल नियुक्त भए पनि उपकुलपतिका लागि भने ठाउँ खाली राखिएको छ । सदस्यमा कृष्ण भण्डारी, प्रकाश ज्ञवाली, जीवन दाहाल, मिलन शेरचन, सरस्वती श्रेष्ठ सरु र दिलीप गायक मनोनित भएका छन् ।
प्रतिष्ठानमा पदाधिकारी र सदस्य चयनका लागि ११ जनाको नाम सिफारिस भएको थियो । पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल संयोजकत्वमा गठित सिफारिस समितिले असोज १८ गते ११ जनाको नाम सिफारिस गरेको थियो । सिफारिस समितिमा विज्ञ सदस्य मनकुमार श्रेष्ठ र महानगरपालिकाकै सूचना अधिकारी भरतराज पौडेल सदस्य थिए ।
११ सदस्यीय सांगठनिक ढाँचाको महानगर प्रज्ञा प्रतिष्ठानमा २ जना कार्यपालिका बोर्ड सदस्यसमेत रहनेछन् भने महानगरकै प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने महानगर प्रज्ञा प्रतिष्ठान ऐनले व्यवस्था गरेको छ ।
समितिले प्रतिष्ठानका लागि पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, प्रकाश ज्ञवाली, सरस्वती श्रेष्ठ सरु, जीवन दाहाल, मीलन शेरचन, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन), प्रतीक थापा र सुरज उपाध्याय गरी ११ जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेकामध्ये लोकप्रिय गायक धनबहादुर गायकको माघ १२ गते निधन भएको छ । महानगरपालिकाले उनका छोरा दिलीपलाई महानगरपालिकाले प्रज्ञा प्रतिष्ठानको सदस्य नियुक्त गरेको छ ।
सिफारिस ११ जना भए पनि ऐनले कुलपति र उपकुलपतिसहित ८ जना सदस्य सम्बन्धित क्षेत्रबाट चुनिने व्यवस्था गरेको छ । सम्बन्धित विधाको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरूमध्येबाट २ जना महिलासहित प्रमुखले तोकेको ८ जना सदस्य रहने व्यवस्था ऐनमा छ । ती ८ जनाबाटै २ जनाचाहिँ कुलपति र उपकुलपति चयन हुने छन् । तिनै ८ जनाबाट अरु २ जना परिषद सदस्य हुनेछन् । ४ जनाचाहिँ सभा सदस्य हुन्छन् ।
प्रमुख प्रशासकीय अधिकृत पदेन सदस्य सचिव रहने व्यवस्था भएकाले महानगर प्रमुख जिसीले कार्यपालिका सदस्य २ जनालाई पनि सदस्यका रुपमा नियुक्त गर्नेछन् । मानगरपालिकाले प्रज्ञा प्रतिष्ठानका लागि ५० लाख रुपैयाँ बजेट विनियोजनसमेत गरेको छ ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
hero news full width
मुख्य समाचार
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१