काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे

आदर्श समाज सम्वाददाता
फागुन १२, २०७७
kawasoti corona

सांकेतिक तस्वीर ।

काठमाडौं– नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय १८ ले बढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ वर्षको अवधिमा कोरोनाबाट भएको मृत्युको विश्लेषण गर्दा ६१८ जना मृतकको संख्या थपिएको हो।

सिसिएमसीले शव व्यवस्थापन गर्दा घरमा मृत्यु भएका व्यक्तिको पनि शव व्यवस्थापन गरिएकाले यो संख्या बढ्न गएको मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले जानकारी दिए।

घरमा मृत्यु भएका कतिपयको पिसिआर पोजेटिभ भएको, कतिपयमा लक्षण देखिएकाले सिसिएमसीले उक्त व्यक्तिलाई पनि कोरोना संक्रमणका कारण मृत्यु भएको भनि समेटेकाले यो संख्या थपिन गएको प्रवक्ता गौतमले जानकारी दिए।

सिसिएमसीले र स्वास्थ्य मन्त्रालयको मृतकको तथ्यांकमा फरक परेपछि स्वास्थ्य मन्त्रालयले छानबिनका लागि समिति गठन गरेको थियो उक्त समितिले दिएको प्रतिवेदनको आधारमा मृतकको संख्या बढेको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width