काठमाडौं । सत्तारुढ दल नेकपाको केपी ओली समूहले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै त्यसको कार्यान्वयन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
‘हाम्रो पार्टी नेकपा शक्ति पृथकीकरण, लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने पार्टी हो। संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत नै हो। फैसलाको सम्मान गर्दै कार्यान्वयन गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘अदालतबाट आउने सबै फैसला अपेक्षित नै हुन्छन् भन्ने होइन। सधैं वाञ्छित परिणाम दिन्छन् भन्ने पनि होइन। अदालतको फैसलाले राजनीतिक स्थिरतालाई बल पुर्याउँछ वा थप अस्थिरता निम्तिन्छ भन्ने कुरा मुख्य हो। के हुन्छ, हेर्न बाँकी छ।’
सर्वोच्चले आदेश दिएको समयभित्रै संसद् बैठक बोलाइने उनले बताए। उनले थपे, ‘त्यसपछि के गर्ने भनेर छलफलमा छौं। फेरि राजनीतिक अस्थिरता नहोस्, संसदमा अनैतिक गठबन्धन नहोस् भन्ने हाम्रो चासो हो।’
समग्र परिस्थितिको छलफल गर्न चाँडै केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाइने उनले बताए। ओली पक्षले बोलाउने बैठक नै आधिकारिक हुने दाबी उनले गरे।
यसअघि पार्टीले तय गरेका कार्यक्रमहरुले निरन्तरता पाउने तर स्वरुप परिवर्तन हुने उनले जानकारी दिए।
प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतले संसद् विघटनको निर्णय सदर नगरे आन्दोलनमा उत्रिने अभिव्यक्ति दिएका थिए।
Related News
सम्बन्धित समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
hero news full width
मुख्य समाचार
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१