क्लबस्तरीय टी–२० लिग क्रिकेट हुने

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७७
Cricket Photo

पोखरा । पोखरामा क्लबस्तरीय सुपर जनरल अन्तरक्लब टी–२० लिग क्रिकेट प्रतियोगिता हुने भएको छ ।

केएन स्पोर्टस् प्रालिले फागुन १७ देखि २६ सम्म प्रतियोगिता आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक कमल थापाले जानकारी गराए ।

निजी कम्पनीले वैदेशिक कम्पनीसँगको सहकार्य एवं मुख्य प्रायोजनमा पहिलो पटक टी–२० लिग आयोजना गर्ने जमर्को गरेको हो । सुपर जनरल दुबईस्थित कम्पनी हो । कम्पनीले एक वर्षे सम्झौता गर्दै केएन स्पोर्टस्सँग सम्झौता गर्दै मुख्य प्रायोजन जिम्मेवारी लिएको हो ।

पोखरा रंगशाला क्रिकेट मैदानमा हुने टी–२० मा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । कास्की, तनहुँ, बागलुङसहित चितवन क्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब काठमाडौं, मिम्समाण्डु क्लब काठमाडौं र स्टन एकेडेमी चितवनले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक थापाले जनाए ।

उनका अनुसार विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ट्रफी तथा पदक प्राप्त गर्ने छ भने विधागत रुपमा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट व्याट्सम्यानलाई आकर्षक पुरस्कार प्रदान गरिने छ ।

सहभागी टिमलाई २ समूहमा बाँडेर लिग आधारमा प्रतियोगिता सञ्चालन गर्नेछ । समूहको विजेता तथा उपविजेताले सेमीफाइनल यात्रा तय गर्ने छन् । सुपर जनरल पोखरा ११ को टिम तीनदिने क्याम्प राखेरै छनोट गरिने छ ।

Related News

सम्बन्धित समाचार

  • जनकपुर बोल्ट्सलाई एनपिएल उपाधि

    आदर्श समाज सम्वाददाता पौष ६, २०८१
    पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले…
  • आइसिसी प्रतिनिधि पोखरामा

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का प्रतिनिधिले मंगलबार पोखरा रंगशालास्थित क्रिकेट मैदान अवलोकन गरेका छन् । आगामी सन् २०२७…
  • क्रिकेटरलाई नगद १ लाखसहित सम्मान

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    स्याङ्जा । खुमा अर्याल फाउण्डेसनले नगदसहित महिला क्रिकेटरको सम्मान गरेको छ । आइसिसी महिला यू–१९ विश्वकपका लागि छनोट हुन सफल…
  • महिला क्रिकेट टोली पहिलोपल्ट विश्वकपमा छनोट

    आदर्श समाज सम्वाददाता कार्तिक २९, २०८१
    पोखरा । नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । विश्वकप १८ जनवरीदेखि २ फेब्रुअरीसम्म मलेसियामा हुँदैछ…
  • दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी पाेखरामा

    आदर्श समाज सम्वाददाता कार्तिक २२, २०८१
    पोखरा । नेपालमै पहिलोपटक आयोजना हुने लागेको नेपाल प्रिमियर लिगमा सहभागी पोखरा एभेन्जर्सले बिहीबार पोखरामा र्‍याली आयोजना गरेको छ ।…

hero news full width