दमौली, १० फागुन । तनहुँको व्यास नगरपालिका–२ स्थित दमौली बचत तथा ऋण सहकारीको रकम हिनामिना सम्बन्धमा जिल्ला अदालत तनहुँमा दर्ता भएको ठगी मुद्दामा पाँचजनालाई कैद सजायको फैसला भएको छ ।
जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलाशले पाँच प्रतिवादीलाई तीन वर्ष कैद र रु ३० हजार जरिवानाको फैसला गरेको हो । जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीनबहादुर कुँवरका अनुसार व्यास नगरपालिका–२ का दिव्या थापा, राजु थापा, व्यास नगरपालिका–१ का दीपिका थापा, व्यास नगरपालिका–५ का याममाया दरै र व्यास नगरपालिका–१० का चेलीमाया थापालाई तीन वर्ष कैद सजायको फैसला भएको छ ।
साथै बिगोको हकमा सोही प्रतिवादीबाट दामासाहीरुपमा भराउने फैसलासमेत अदालतले गरेको उहाँले जानकारी दिनुभयो । जिल्ला अदालतले अन्य प्रतिवादीलाई भने सफाइ दिएको छ । हरिबहादुर गुरुङले १६ जनालाई प्रतिवादी बनाएर विसं २०७५ असार ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो । उक्त मुद्दाको दशपटक पेशी चढेको थियो ।
दमौली बचत तथा ऋण सहकारीमाथि रु साढे चार करोड हिनामिना गरेको अभियोग लागेको थियो । यसअगाडि तत्कालीन तनहुँ जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको आदेशबाट सहकारीकी सचिव दिव्या थापा, लेखापालद्वय लक्ष्मी थापा र शुभेच्छा दरै पुर्पक्षका लागि थुनामा गएका थिए । सोही मुद्दाका आरोपी सहकारी संस्थाका कोषाध्यक्ष राजु थापा भने रु एक लाख धरौटी बुझाएर रिहा भएका थिए ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ
हाजिरी जमानीमा थुनामुक्त भए माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१