पाेखरा । सरकारले शिक्षकलाई आगामी २३ गतेदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार बसेको सचिव, विशेषज्ञ तथा महाशाखा प्रमुखसहितको बैठकले प्राध्यापक, शिक्षक, विश्वविद्यालय तथा विद्यालयका कर्मचारी र सार्वजनिक सवारीचालक तथा सहचालकलाई २३ गतेदेखि खोप लगाउने निर्णय गरेको हो।
यस्तै ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पनि सोही दिनदेखि खोप लगाइने निर्णय भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताए। सरकारले २३ गतेदेखि दोस्रो चरणको खोपको कार्यक्रम सुरु गर्न लागेको हो।
दर्ता भएका औषधिपसलमा काम गर्ने कर्मचारीलाई भने पहिलो चरणमै खोप दिइने भएको छ।
‘जोखिम तथा अग्रपंक्तिमा रहेका दर्ता भएका औषधिपसलमा कार्यरत र प्रयोगशालामा कार्य गर्ने अन्य कर्मचारी तथा सफाइकर्मीलाई समेत यही चरणमा खोप उपलब्ध गराउने’, निर्णयमा उल्लेख छ।
सरकारले भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप आज नेपाल आइपुग्दै छ। यसअघि भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप प्राथमिकताको आधारमा लगाइँदै छ।
मन्त्रालयका अनुसार शनिबारसम्म अग्रपंक्तिमा रहने चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार, जनप्रतिनिधिलगायत गरी तीन लाख ८३ हजार ३९८ जनाले कोरोना भाइरसको खोप लगाएका छन्।
देशका २२६ केन्द्रबाट कोरोना विरुद्धको खोप लगाइँदै छ।
Related News
सम्बन्धित समाचार
यसरी शुरु हुँदै छ संसद
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
hero news full width
मुख्य समाचार
गण्डकीमा खोप भण्डारगृह शिलान्यास
तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
फागुन २१, २०७७सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
फागुन २१, २०७७बालुवाटार छिरे विप्लव
फागुन २१, २०७७पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घाटा
फागुन २१, २०७७विप्लव सार्वजनिक, नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं जाँदै
फागुन २१, २०७७