काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरेको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले तीनै इन्धनको मूल्य बढाएको हो।
पेट्रोल र डिजेलमा प्रतिलिटर २–२ रुपैयाँका दरले मुल्य वृद्धि गरेको निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिलिसिलिण्डर २५ रुपैयाँका दरले मूल्य बढाएको छ।
बुधबारको मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ, डिजलेको मूल्य प्रतिलिटर ९५ रुपैयाँ र ग्यासको मूल्य प्रतिसिलिण्डर १४ सय रुपैयाँ कायम भएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य बढाइएको जानकारी दिए।
मूल्य बढाएपश्चात पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ १६ पैसा, डिजेलमा ३ रुपैयाँ र ग्याँसमा प्रतिसिलिण्डर २९५ रुपैयाँ ८३ पैसा घाटा रहेको निगमले दाबी गरेको छ।
यसरी घाटा हुँदा निगमलाई अर्धमासिक रुपमा ७३ करोड ८७ लाख रुपैयाँ घाटा हुने निगमको दाबी छ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
hero news full width
मुख्य समाचार
मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
माघ २०, २०७९गण्डकीमा प्रतिपक्षी दलको सहमतिपछि विनियोजन ऐन संशोधन विधेयक पेस
माघ २०, २०७९मौरीका घारले भरियो रत्नेचौरको तोरीबारी
माघ २०, २०७९चर्को ब्याजदरले छटपटी : घरमै पुगेर ऋणीलाई टर्चर !
माघ २०, २०७९बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
माघ २०, २०७९