काठमाडौँ, २६ माघ । पछिल्लो २४ घण्टामा देशभर थप १३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३३३ जनाको स्वास्थ्य परीक्षण गर्दा १३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार ५५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ६८ हजार २६६ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभर एक हजार ७४४ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ९२ जना क्वारेन्टिनमा र एक हजार ७४४ जना आइसोलेशनमा छन् । हालसम्म नेपालमा २० लाख ९६ हजार ७५० को पिसिआर परीक्षण भएको छ । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा एक हजार १२० रहेको छ ।
थप सात जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या दुई हजार ४५ पुगेको मन्त्रालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१