आँधीखोला गाउँपालिकाले बनायो वातावरण संरक्षण ऐन

आदर्श समाज सम्वाददाता
माघ २३, २०७७
andhikhola

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले जलचर संरक्षण र व्यवस्थापन ऐन तथा स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन बनाएको छ । गाउँपालिकाको आठौं गाउँसभामा उपाध्यक्ष शर्मिला देवी पौडेलले प्रस्ताव गरेका बिधेयकहरु सर्वसम्मतिले पारित भएसँगै ऐन बनेका हुन् ।

गाउँपालिकाको विधायन समितिले तयार पारेका बिधेयक नगरसभामा आवश्यक छलफलपछि पारित भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्षले हस्ताक्षर गरेपछि ऐन कार्यान्वयनमा आउनेछन् । जलचरको संरक्षण र वातावरण तथा प्राकृतिक स्रोत साधनको संरक्षणमा स्थानीय तह आँफैलाई बाटो खुलेको गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले प्रतिक्रिया दिए ।

यसैगरी, उपाध्यक्ष शर्मिला देवी पौडेलले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक तथा विनियोजन ऐन संशोधन सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । पौडेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आँधीखोला गाउँपालिकाको चालू खर्च २ करोड ३२ लाख (३२ प्रतिशत), पुँजीगत खर्च २ करोड २७ लाख (१७ प्रतिशत) रहेको छ भने संघीय सरकार सशर्त अनुदानतर्फको खर्च ६ करोड ५० लाख (३१ प्रतिशत) रहेको छ । शुक्रबार गाउँपालिकाको वडा नं ५ को सभा हलमा सम्पन्न भएको आठौं गाउँ सभाको अध्यक्षता गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले गरेका थिए । पौडेलले गाउँपालिकाको प्रशासनिक भवन बनाउने काम ७५ प्रतिशत सकिएको जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width