पोखरा । माछापुच्छ्रे क्रिकेट एकेडेमीले नेपालमै पहिलो पटक बक्स क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । पोखरा २७ स्थित माछापुच्छ«े क्रिकेट एकेडेमीमा आगामी फागुन १ देखि ४ सम्म प्रतियोगिता सञ्चालन हुने एकेडेमी सञ्चालक अरुण पौडेलले जानकारी दिए ।
हालको प्रदेशसभा भवन रहेको स्थानमा रहेको एकेडेमीले लेखनाथमा नयाँ एकेडेमी सञ्चालन गर्न लागेको हो । एकेडेमी उद्घाटन र प्रतियोगिता एकसाथ गरिने बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
एकेडेमीका प्रशिक्षक दीपेश खत्रीले नेपालमा ब्याट्म्यान र ग्राउन्ड खेलाडी उत्पादनको लागि प्रतियोगिता आयोजना गर्न लागेको बताए । उनले नेपालमा विस्फोटक ब्याट्सम्यान र ग्राउन्ड सट खेलाडीको अभाव रहेको र एकेडेमीले सोही अनुसारको खेलाडी उत्पादन गर्नका लागि आयोजना गर्न लागेको प्रतियोगिता एकेडेमीको वार्षिक क्यालेन्डरमा समेत राखिने बताए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीले एकेडेमीको निरन्तरताको शुभकामना दिए ।
प्रतियोगिता विजेताले ३२ हजार र उपविजेताले १६ हजार रुपैयाँ साथमा ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
हालसम्म १२ टिमले सहभागिता जनाइसकेको आयोजनाले जनाएको छ ।
क्रिकेट सप्ट बल अर्थात टेनिस बलले खेलिने खेल हो । यो सामान्य क्रिकेट भन्दा केही भिन्न हुन्छ । बक्स क्रिकेटका केही नियम भने फरक रहेका छन् । उक्त क्रिकेटमा सिधा अर्थात स्टे«ट प्रहार गरेको छक्का मात्र मान्य हुन्छ भने अन्य क्षेत्रमा गएको छक्का मान्य हुने छैन । अन्य क्षेत्रमा फालिएको छक्का भने आउटमा गनिने छ ।
Related News
सम्बन्धित समाचार
क्रिकेटमा जनकपुर र तनहुँ विजयी
पोखरा सुपर जनरल सेमीमा
चितवन सुपर जनरल क्रिकेट लिगको सेमिफाइनलमा
टी–२० क्रिकेटमा चितवन विजयी
कास्की जिल्ला क्रिकेट संघको सभा
hero news full width
मुख्य समाचार
यसरी शुरु हुँदै छ संसद
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७