काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । साेमबार बिहान सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।
नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताए ।
बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।
कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट ४ लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।
आँशिक तर्फका एक जनाको नतिजा रद्द गरिएको छ भने नियमित तर्फ छ हजार तीन सय २० जनाको स्थगित गरिएको छ । यस्तै दुई हजार नौ सय ८२ जना ग्रेडबृद्धि तर्फका र दुई हजार एक सय ८८ जना आँशिक तर्फका विद्यार्थीको नतिजा स्थगित गरिएको छ । आँशिक तर्फ २५ हजार दुई सय ८८ जना उत्तिर्ण भएका छन् । यो ८१ दशमलब ४३ प्रतिशत हो ।
गत बैशाख ८ गते देखि सञ्चालन हुनु पर्ने कक्षा १२ को परीक्षा कोरोना भाईरस कोभिड १९ का कारण पूर्णांक घटाएर गत मंसिर ९ गते देखि सञ्चालन गरिएको थियो ।
कक्षा १२ लाई को परीक्षा ४० प्रतिशत पूर्णांकको मात्र थियो । बाँकी ६० प्रतिशत मध्ये ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनका आधारमा गरिएको थियो ।
यसरी हेर्नुहोस् परीक्षाफल
‘एनटिसी सिमबाट १६०० डायल गरेर नतिजा हेर्न सकिने छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने,‘अरु माध्यमबाट हेर्न वेबसाइटमा अपलोड गरिरहेका छौँ। यसका लाग राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमबाट हेर्न सकिन्छ।’
Related News
सम्बन्धित समाचार
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
hero news full width
मुख्य समाचार
‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
फागुन १९, २०७७पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
फागुन १९, २०७७भिर छिचाेलेर दर्मिजामा माेटरबाटाे
फागुन १९, २०७७फेवातालमा पानी भर्न थालेपछि बल्ल माटाे झिक्न सुरु
फागुन १९, २०७७आँखा उपचारमा अब्बल पाेखराकाे हिमालय आँखा अस्पताल
फागुन १८, २०७७