शुक्रराज माविको ५२ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ १६, २०७७
shukraj school 16 (1)

पोखरा । शुक्रराज मावि, पुम्दीभुम्दीले शुक्रबार ५२ औैं वार्षिकोत्सव मनाएको छ । विद्यालयको वार्षिकोत्सव अवसरमा पुरस्कार वितरण पनि गरियो ।

समारोहमा बोल्दै प्रदेश सांसद रामजीप्रसाद बरालले जीवनले व्यवहारिक तथा सीपमूलक शिक्षा आवश्यक भएको बताएका छन् । विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष समेत रहेका सांसद बरालले विद्यालयमा समावेश प्राविधिक शिक्षाअन्तर्गत भेटेरिनरी कक्षालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए ।

सो अवसरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरहरि बराल र उनका दाजु नन्दप्रसाद बरालले बाबु तथा आमाको स्मृतिमा वेनी महादेव रुपमा मंगली अक्षयकोष स्थापना गरेका छन्।

उक्त अक्षयकोषमा १ लाख १० हजार रुपैयाँ संकलन भएको विद्यालयका प्रअ नरनाथ बरालले बताए ।

यस्तै, पुम्दीभुम्दीका कप्तान टिकप्रसाद गुरुङको स्मृतिमा श्रीमती वेलकुमारी गुरुङले १ लाख १ सय ५ रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन्।
युवा व्यवसायी गोपाल बरालले आमा देवका बराल र बाबु नारनदत्त बरालको स्मृतिमा १ लाख १ सय ५ रुपैयाँको अक्षयकोष स्थापना गरे भने शीतल बचत तथा ऋण सहकारीले ५० हजारको अध्यक्षकोष समेत स्थापना गरेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, विद्यालयका पूर्व अध्यक्ष हिमलाल बराल, विद्यालयका सदस्य नवराज बराल लगायतले बोलेका थिए । विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म २ सय ७७ जना द्यिार्थी अध्ययरत छन् । सो अवसरमा अक्षयकोषदाता लगायतलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width