पोखरा । नौलो घुम्ती नेपालको अध्यक्षमा योगराज पौडेल सर्वसम्मत भएका छन् । संस्थाको १९ औं साधारण सभा तथा १० औं अधिवेशनबाट बिहीबार समिति चयन भएको हो । प्रथम उपाध्यक्षमा बद्रिविनोद खनाल, द्वितीय उपाध्यक्षमा सुरेन्द्र थापामगर, महासचिवमा मंगल नेपाली, सचिवमा मीना गुरुङ, कोषाध्यक्षमा महेन्द्रकुमार गुरुङ चयन भए । सदस्यमा समीर गुरुङ, शिवराम भण्डारी, विनु गुरुङ, ढुण्डिराज ज्ञवाली, कमलप्रसाद अर्याल, तुमला श्रेष्ठ सर्वसम्मत चयन भए ।
साधारण सभाको गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरेका थिए । उनले संस्था जुन उद्देश्य लिएर स्थापना भएको हो त्यसैलाई निरन्तरता दिन आग्रह गरे । उनले प्रदेश सरकार नौलो घुम्ती नेपालसंग सहकार्य गर्न तयार रहेको बताए ।
निवर्तमान अध्यक्ष अधिवक्ता मेहरमान श्रेष्ठको संयोजकत्वमा, सदस्य पूर्व अध्यक्षद्वय इन्दिरा बराल र पदमराज पहारीको निर्वाचन समितिले निर्वाचन गरेको थियो ।
संस्थापक अध्यक्ष तथा सल्लाहकार प्रेम बहादुर श्रेष्ठले संस्थाले राम्रो नेतृत्व पाएर नै धेरै सामाजिक काम गर्न सकेको भन्दै स्थापना गर्न सजिलो तर निरन्तरता दक्षता र इमान्दारिताले संस्थाले धेरै प्रगति गरेको बताए ।
कार्यक्रममा गुड नेवर्स इन्टेरनेसनलका कास्की जिल्ला संयोजक टुपेन्द्र खुलालले नौलो घुम्ती नेपालले गरेका परियोजनाहरु एक अर्कासँग परस्पर सम्बन्धित भएकोले काम गर्न सजिलो भएको बताए । उक्त अवसरमा अध्यक्ष खड्गबहादुर रानाभाटले वार्षिक प्रगति प्रतिवेदन, महासचिव वद्रीविनोद खनालले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष मंगल नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
hero news full width
मुख्य समाचार
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७