लेखनाथ। इलाका प्रहरी कार्यालय डाँडाकोनाकमा सरुवा भई आएका प्रहरी नायव उपरीक्षक महेन्द्र मरासिनीले शान्ति सुरक्षाबिना कुनै पनि किसिमका आर्थिक क्रियाकलाप अगाडि बढ्न नसक्ने बताएका छन् ।
लेखनाथ उद्योग वाणिज्य संघले सोमबार उनको स्वागत तथा छलफल कार्यक्रममा बोल्दै डिएसपी मरासैनीले जहाँ अशान्ति हुन्छ, त्यहाँ उद्योग कलकारखाना सञ्चालनमा बाधा व्यवधान सिर्जना हुने भएकाले व्यवसायीमा शान्तिसुरक्षाको प्रत्याभूति गराउन आफू प्रतिबद्ध रहेको बताए ।
लेखनाथ क्षेत्रको शान्तिसुरक्षामा कुनै किसिमको कमी आउन नदिने विश्वास व्यक्त गर्दै डिएसपी मरासिनीले बर्दी लगाएका प्रहरी र बर्दीबिनाका नागरिकबीच हातेमालो गर्दै नियम कानुनको परिधिभित्र रहेर सेवा प्रदान गर्न आफू प्रयासरत रहने बताए ।
नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बाबुराम गिरीले आर्थिक लगानीको क्षेत्रमा शान्तिसुरक्षाको महत्वपूर्ण भूमिका रहने भएकाले शान्ति सुरक्षामा खलल पु¥याउने शक्तिबाट होशियारी रहनु पर्ने बताए ।
लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बावुराम जमरकट्टेलले शान्तिसुरक्षाका सवालमा जनताको मन जितेर अगाडि बढ्नु पर्ने सुझाव दिए ।
संघ अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव गोपिचन्द्र बास्तोला र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रोटरी काठमाडौं हेरिटेजको पदस्थापन
पोखरामा १४ मजदुर सम्मानित
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
मानव सेवा अश्रममा खाना खुवाइयो
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१