काठमाडौं– सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित भए–नभएको निश्चित गर्न उक्त सूचनाको सक्कल प्रति झिकाउने भएको छ।
संसद् विघटनविरुद्ध सर्वोच्चमा परेका रिटमाथि संवैधानिक इजलासमा भइरहेको बहसका क्रममा आज अधिवक्ता ओमप्रकाश अर्यालले राजपत्रको सूचनामा प्रश्न उठाएका थिए। वरिष्ठ अधिवक्ता डा. टीकाराम भट्टराईले पनि सो विषय उठाएका थिए।
राजपत्रमा प्रकाशित भए–नभएको विषय उठेपछि इजलासले महान्यायाधिवक्ताको कार्यालयसँग राजपत्रमा प्रकाशित सूचना मागेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट परेका छन्। ती रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। गएको आइतबारदेखि दैनिक सुनुवाइ भइरहेको छ। आजको सुनुवाइ सकिएको छ, भोलि निरन्तर रहनेछ।
Related News
सम्बन्धित समाचार
दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
टाइगर कपबाट १९ लाख बचत
म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
hero news full width
मुख्य समाचार
पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
फागुन १४, २०७७उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
फागुन १४, २०७७