हेमजा, ७ माघ । पदयात्राका लागि चर्चित अन्नपूर्ण आधार शिविर (एबिसी) पुग्न अब पिसिआर रिपोर्ट नचाहिने भएको छ ।आवश्यक सुरक्षा सर्तकता अपनाएर यस अघि नै व्यवसाय सञ्चालन गरिसकिएको स्थानीयले बताएका छन् । यसअघि पदयात्रीका लागि पिसिआर रिपोर्ट अनिवार्य गरिएको थियो ।
अन्नपूर्ण ११ स्थित छोम्रोङ पर्यटन व्यवसायी समितिको मंगलबार बसेको बैठकले पिसिआर रिपोर्ट नचाहिने निर्णय गरेको हो । संक्रमणको दर घट्दै गएको र जनजीवन सामान्य अवस्थामा फर्किदै गएकाले रिपोर्ट अनिवार्य नठानेर यस्तो निर्णय लिइएको समितिले जनाएको छ ।
‘हामीले केही समय अघि पाहुनाका लागि होटल खुल्ला राखे पनि कोरोना रिपोर्ट बोकेर मात्रै आउनुपर्ने भनेका थियौं,’ समिति सचिव दिलीप गुरुङले भने । पिसिआर रिपोर्ट अलि झन्झटिलो भयो भन्ने ठानेर पनि समितिले यस्तो निर्णय लिएको उनको भनाइ छ ।
समितिले एबिसी जाने पदयात्रीलाई आफ्नो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाएर मात्रै जान सुझाव दिएको छ । उक्त पदमार्गमा पर्ने देउरालीसम्मका होटल अहिले पूर्णरुपमा खुलेका छन् ।
देउरालीबाट माछापुच्छे आधार शिविर करिब २ घन्टामा पुग्न सकिन्छ । माछापुच्छे« आधार शिविरबाट अन्नपूर्ण आधार शिविर करिब साढे १ घन्टामा पुगेर पुन देउरालीमा नै बास बस्ने गरी एकै दिनमा फर्किन सकिन्छ ।
यहि हप्ताभित्रमै माछापुच्छे« र अन्नपूर्ण आधार शिविरका होटल पनि खुलाउने तयारी भइरहेको छ । स्थानीय पथप्रदर्शकको पनि व्यवस्था गरी थप सहजीकरणको व्यवस्था गरिएको छोम्रोङस्थित सेञ्चुरी युवा क्लबका अध्यक्ष मिकाश गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१