अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अन्तिम अर्थात बिदाई सम्बोधनमा आफूले वाचा अनुसार वा त्यो भन्दा बढि काम गरेको बताएका छन् ।
ह्वाइट हाउस छोड्नु पूर्वको सम्बोधनमा ट्रम्पले भनेका छन्, ‘हामी जे गर्नका लागि आएका थियौँ त्यो गर्यौँ, र त्यो भन्दा धेरै गर्यौँ ।’
ट्रम्पले केहीदिन अघि नै रेकर्ड गरेको भिडियो सम्बोधन मंगलबार युट्युबमा पोस्ट गरिएको हो । उनले भनेका छन्, ‘मैले अति कठीन युद्ध लडेँ, गाह्रो संघर्ष गरेँ‘ किनकि तपाईँहरुले मलाई त्यसकै लागि निर्वाचित गर्नु भएको थियो ।’
ट्रम्पले गएको नोभेम्बर ३ मा भएको चुनावको नतिजा अझै पनि पूर्णरुपमा स्वीकार गरेका छैनन् । सो चुनावमा उनी जो बाइडेनसँग पराजित भएका थिए ।
बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा बुधबार शपथ लिँदै छन् ।
राष्ट्रपतिका रुपमा ट्रम्पको अन्तिम दुई हप्ता निन्दा र आलोचनाको घेरामा रह्यो अरु समयको भन्दा । उनको उक्साहटमा समर्थकहरुले नतिजा उल्ट्याउने प्रयास स्वरुप जनवरी ६ मा संसद भवनमा हिंसात्मक आक्रमण गरे ।
सो आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गयो । हिंसात्मक बिद्रोहका लागि उक्साएको आरोपमा ट्रम्पमाथि दोस्रोपटक महाअभियोग लागेको छ ।
ट्रम्पले भिडियो सम्बोधनमा भनेका छन्, ‘हामीले अमेरिकीका रुपमा गर्व गर्ने सबै कुरामाथिको आक्रमण हो राजनीतिक हिंसा ।’
सम्बोधनमा ट्रम्पले आफूपछि सत्ता सम्हाल्न आउँदै गरेको जो बाइडेनको नाम लिएका छैनन् ।
आफ्नो प्रशासनले विश्वकै इतिहासमा बलियो अर्थतन्त्र निर्माण गर्न सफल भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘हाम्रा एजेण्डाहरु वामपन्थ वा दक्षिण पन्थ, रिपब्लिकन वा डेमोक्र्याटका लागि थिएनन्, देशको हितका लागि थिए । पूरै देशका लागि ।’
ट्रम्प अमेरिकी इतिहासमै सबैभन्दा ‘अनपपुलर’ (अप्रुभल रेट मात्रै ३४ प्रतिशत) राष्ट्रपतिका रुपमा बिदा हुँदै छन् ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१