पाेखरा । भारतको गुजरात राज्यको सुरतमा मंगलबार बिहान ठूलो दुर्घटना भएको छ।
सुरतमा बाटो किनारमा सुतिरहेका आप्रवासी कामदारमाथि एउटा ट्रक गुड्दा १५ जनाको ज्यान गएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै इण्डियन एक्सप्रेसले जनाएको छ।
तीव्र गतिको ट्रक बाटोको किनारमा सुतिरहेका आप्रवासी कामदारमाथि कुदेपछि उक्त घटना भएको हो।
सुरतबाट झण्डै ६० किलोमिटर टाढा रहेको कोसाम्बा गाउँमा यो घटना भएको हो। ज्यान गुमाउने सबै राजस्थानका कामदार रहेको बताइएको छ।
किम–माण्डवी सडकको छेउमा सुतेका कामदारमाथि ट्रक गुड्दा भएको दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार क्षतिपूर्ति दिने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेका छन्। उनले घटनाप्रति दुःख व्यक्त गर्दै ट्वीटरमार्फत उक्त घोषणा गरेका हुन।
१२ जनाको घटनास्थलमै ज्यान गएको थियो भने तीनजनाको अस्पतालमा उपचारको क्रममा ज्यान गएको भारतीय मिडियाले जनाएका छन्। पाँच जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। ट्रकका चालक पक्राउ परेका छन्।
Related News
सम्बन्धित समाचार
नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
पोखराको टुँडिखेलमा भेट्रान्स फुटबलको रौनक
hero news full width
मुख्य समाचार
टी–ट्वान्टी क्रिकेट : उपाधिका लागि जनकपुर र चितवन भिड्ने
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान
फागुन २४, २०७७पुनस्र्थापित संसदको पहिलो बैठकमै अवरोध
फागुन २४, २०७७संसद् बैठकमा सभामुखको लिखित मन्तव्य
फागुन २३, २०७७ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
फागुन २३, २०७७घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
फागुन २३, २०७७