पाेखरा । गण्डकी प्रदेशसभामा आइतबारदेखि संकल्प प्रश्तावमाथि छलफल सुरु भएको छ । कोरोना भाइरस जोखिम आँकलन र त्यसको न्युनिकरणका लागि थप बल पुर्याउन संकल्प प्रश्ताव दर्ता गरिएको हो ।
नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले कोभिड रोकथाम सहित ४ बुँदे माग राखेर विशेष अधिवेसन बोलाउन आग्रह गरेपछि पुस २१ देखि विशेष अधिवेसन चलाईएको हो । बेरोजगारी समस्या, महंगी र विकास निर्माणको विषयमा दुई पार्टीले जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गरेर छलफल चलाईयो । तर कोभिड सम्बन्धि संकल्प प्रश्तावलाई भने सत्तारुढ र प्रतिपक्षीको साझा बनाईएको छ ।
यद्यपि छलफलका क्रममा दुवै पक्षले आफ्नै जिकिर सुनाईरहेका छन् । सत्तारुढ सांसदहरुले सरकारको गुनगान गाए भने प्रतिपक्षीले सरकारलाई खुईल्याउने गरी तर्क अघि सारे ।
विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले १३ बुँदे संकल्प प्रश्ताव आइतबार संसदमा प्रश्तुत गरेका छन् । आधारभुत स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएपनि विपन्न र असहाय नागरिकले परीक्षण र उपचार नपाएर मृत्युवरण गर्न बाध्य भएको उनले बताए । निजी अस्पतालमा बाध्यतावस उपचार गराएकाहरुले तिर्नुपरेको अस्वभाविक शुल्कले रोगले भन्दा बढी आहात थपेको भन्दै उनले संकटको घडीमा नागरिकले सरकारको अनुभुति गर्न नपाएको बताए ।
‘महंगी र वेरोजगारी बढेको छ । जनसरोकारको मुद्धालाई सम्बोधन गर्न सरकार असफल भैसकेको छ । बजेट कार्यान्वयन अत्यन्त निराशाजनक छ,’ उनले भने, ‘कोभिडको कहरपछि गण्डकी सरकारको भुमिका गैरजिम्मेवार पूर्ण मात्र होईन, चरम असंवेदनशील छ । नागरिकलाई राज्यविहिनताको अनुभुति बढाएको छ ।’
मन्त्री नरदेवी पुनले सरकारले हालसम्म गरेका कामको फेहरिस्थ सुनाईन् । विभिन्न अस्पताललाई कोभिड अस्पताल बनाउने र उपचारका लागि नियमित आवश्यक उपकरण थप गर्दै गएको उनको भनाई छ । क्वारेन्टाइनको व्यवस्थापन स्थानीय तहले गरेको र खर्च प्रदेश सरकारले व्यहोरेको मन्त्री पुनको भनाई छ । उनका अनुसार अहिलेसम्म १ हजार ४ सय १३ बेडको ४० आइसोलेसन केन्द्र स्थापना गरिएको र थप १ सय ६७ एचडियू बनाउन उपकरण खरिद भैसकेको छ । कोरोना उपचार र व्यवस्थापनका लागि प्रदेश सरकारले छुट्टै कोष खडा गरेको थियो । कोषमा हालसम्म ३४ करोड ७८ लाख जम्मा भएको र त्यसबाट हालसम्म २७ करोड ८ लाख खर्च भएको छ । यसबाहेक सरकारले आफ्नै बजेटबाट पनि खर्च गरेको छ ।
प्रदेशभित्रका १ लाख २४ हजार ५० जनाको स्वाब परीक्षण भैसकेको छ । ‘संक्रमण दर घट्दै गएको छ । लक्षण नदेखिँदासम्म स्वाब नलिने सरकारको नीति छ । सोही कारण पीसीआर कम भएको हो,’ मन्त्री पुनले भनिन्, ‘तर हाम्रो तयारी घटेको छैन । आवश्यक्ता अनुसार उपकरण थपिरहेका छौं । पाईपलाईन विस्तार भैरहेको छ ।’ उनले सरकार थप काममा निरन्तर जुटिरहेको बताईन् ।
सांसद मायानाथ अधिकारीले महत्वपूर्ण विषयहरुमा सबै एकठाउँमा भएको सन्देश गएको बताए । ‘बाहिर मत मतान्तर छ । त्यसैले फरक दल छौं । तर महत्वपूर्ण विषयमा सहमतिबाट अघि बढ्ने परम्परा छ,’ उनले भने, ‘कोभिडजस्तो सबैको दुष्मनका विरुद्ध एकजुट भएका छौं । सरकारलाई थप प्रभावकारी काम गर्न सहयोग पुग्छ । संकल्प प्रश्तावमा नेकपाको समर्थन छ ।’
सांसद दीपा रोका संघ सरकारको व्यवस्थापकीय दक्षता नहुँदा कोभिड नियन्त्रणमा आउन नसकेको बताउँछिन् । ‘कोभिड नियन्त्रण संघ सरकारको मुख्य दायित्व हो । संघले ढिलासुस्ती ग¥यो । त्यसको असर प्रदेशमा देखिएको हो,’ उनले भनिन् । उनले संसद समाजको दर्पण भएकोले संकटका बेला बोल्नुपर्ने बताईन् । ‘नागरिकलाई सहानुभुति चाहिएको छ । यो सदन समाजको दर्पण हो र राजनीतिज्ञ भनेको भरोसा निर्माण गर्ने पात्र हो,’ उनले थपिन्, ‘संकटको बेलामा यो सदन बोल्नुपर्छ । आवश्यक्ताको पहिचान र समस्याको निकासका लागि सरकारले उपलब्ध श्रोत र साधनको व्यवस्थापन गर्यो । यो भैपरी विरुद्ध जुध्न आफैमा पूर्ण थिएन । जे भयो राम्रो काम भयो । तर हिजोको प्रशासनिक संरचनाका कारण सोचेजति हुन सकेन ।’ सांसद रोकाले सरकारी अस्पतालमा काम गर्ने डाक्टरहरु जिम्मेवार नहुँदा थप समस्या देखिएको सुनाईन् । ‘गुनासो आउँछ, सरकारी अस्पतालमा विरामीको उपचार राम्रो भएन । डाक्टरहरु विरामीलाई छुन डराउँछन् । तर निजी अस्पतालमा विरामी नजिक पुगेर डाक्टरले उपचार गर्छन्,’ उनले प्रश्न गर्दै भनिन्, ‘किन यस्तो हुन्छ ? सरकारी जागिर भन्दा मान्छे हुरुक्कै हुन्छन् । पावर र पहुँच लगाएर जागिर खान्छन् तर सेवा दिन नसक्ने ? यसको अन्त्य कहिले हुन्छ ?’
नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले कोरोनाको फेरिएको स्वरुप नेपालमा आउन सक्ने भन्दै अहिले नै सचेत रहन सरकारको ध्यानाकर्षण गराए । ‘पूरानो जस्तै नयाँ कोरोना भित्रिने अवस्था छ । नयाँ योजना र नीति सरकारसँग के छ ?,’ उनले भने, ‘मन्त्री ज्यूको बक्तब्यमा त्यसको प्रष्ट योजना आएको छैन । अहिले नै भविष्यको समस्या आँकलन गरेर व्यवस्थापनमा लागौं ।’ पहिले कांग्रेसले यही अवस्था रोक्नका लागि संकल्प प्रश्ताव ल्याएकोमा सरकार पक्षले त्यसलाई अस्विकृत गर्नु राजनीतिक पक्षपात भएको तर्क गरे । ‘पहिले संकल्प प्रश्ताव दर्ता गर्दा सरकारले सबैतिर परीक्षण बढाउछौं भनेको थियो । संकल्प प्रश्ताव फेल भयो,’ उनले भने, ‘अहिले परीक्षण खै ? परीक्षण नगर्ने अनि संक्रमित छैन भनेर बस्न मिल्छ ? परीक्षण नभएर कोरोना नदेखिएको हो । जनतालाई झुक्याउने काम नगरौं, जनता बाठो भैसके ।’
सत्तारुढ सांसद चन्द्रमोहन गौचन विशेष अधिवेसनमा राजनीतिक आरोपप्रत्यारोप प्रति सन्तुष्ट छैनन् । ‘विशेष अधिवेसनमा राष्ट्रिय राजनीति माथी तुस पोख्न लाग्यौं । जनताको उपचार कसरी गर्ने भनेर छलफल हुनुपर्ने ठाउँमा आरोप प्रत्यारोप चलिरहेको छ,’ उनले भने, ‘जे भैरहेको छ, यो गलत भैरहेको छ ।’ तर उनले पनि राजनीतिक छलफल भने छोडेनन् र भने, ‘निर्वाचनका लागि बाटो खुला गर्नु अप्रजातान्त्रिक हो ? अलोकतान्त्रिक हो ? असंबैधानिक हो ?’ उनले श्रोत र जनशक्तिको अभावकै बीचबाट सरकारले संयमताका साथ सरकारले व्यवस्थित गरेको जिकिर सुनाए ।
राजीव पहारीले नेपाल सरकार र गण्डकी सरकारले श्रोत र साधन पूर्ण परिचालन गरेर क्षमता अनुसार काम गरेको भन्दै प्रशंसा सुनाए ।
‘८ महिनामा सेतीमा धेरै पानी वगिसक्यो । कोरोना भाइरसका कारण विश्वकै नविन आविष्कार फेल खाईरहेको छ । विश्व नै हायलकायल भयो,’ उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा र गण्डकी सरकारमा मुख्यमन्त्रीले आफ्नै जीवन हत्केलामा राखेर जनताको रक्षाका लागि काम गर्नुभयो । रोग र भोकले मर्न नपरोस् भनेर श्रोत परिचालन गर्नुभयो ।’ उनले कोरोना संक्रमणको दर तीब्र गतिमा घटेको बताए ।
‘एकजना महिलामा कोरोना लाग्दा डाँडामा बसेर कोरोना आयो भने । प्रदेशमा खत्तम हुने भयो । कोरोना लागे अस्पतालको मुख नै नदेखि जनता मर्ने भए, मरेपछि लाश गाड्ने ठाउँ नपाईने भयो भनेर विस्कुन छर्ने र गीत गाउने, बाजा बजाउने र शंक फुक्ने काम गरे,’ उनले भने, ‘त्यस्तो बेलामा अत्यन्तै धैर्यता र संयमताका साथ कोभिड १९ विरुद्धको लडाईमा मुख्यमन्त्रीले सीमा नाकालाई संघभन्दा पहिले कडाई गर्ने । संक्रमितलाई भेट्न आफै पुग्नुभयो । अहिले संक्रमणको दर दिन दुईगुना र रात चौगुना घट्दै गैरहेको छ ।’
सांसद सरिता गुरुङले संकल्प प्रश्तावबाट गण्डकीका २४ लाख जनताले राहत पाउने विश्वास व्यक्त गरिन् । ‘कांग्रेसले जिम्मेवार प्रतिपक्षको हिसावले पटक पटक कोरोना उपचार र नियन्त्रणका लागि सदनमा उठाएको थियो । जनताको समस्या समाधान गर्ने थलो सदन हो,’ उनले भनिन्, ‘लकडाउनका बेला पनि सरकारलाई सल्लाह र सुझाव दियो । तर सकारले ढिलासुस्ती गर्यो ।’ उनले केन्द्र सरकारको तुलनामा गण्डकी सरकारको सकारात्मक सूचक बढी थियो । ‘सरकारले जति गर्छु भनेर घोषणा गर्यो, कार्यान्वयन भएन । त्यसैका कारण हाम्रा नागरिकले अकालमा ज्यान गुमाउनुपर्यो,’ उनले थपिन् ।
विनोद केसीले सरकारले श्रोत साधन अनुसार तयारी गर्न नसकेको बताए । उनले विदेशमा जस्तो भयानक अवस्था नेपालमा नभएको तर्क गरे । ‘कोरोनाको सन्दर्भमा डोरीलाई सर्पजस्तो देख्यौं । धेरै डराएर कोठामै थुनियौं । कोठामा थुनिँदा बरु बढी संकट थपियो,’ उनले भने । महामारी विरुद्ध प्रदेशका सबै शक्तिले साझा रुपमा छलफल थाल्नु सकारात्मक सन्देश भएको उनको भनाई छ ।
डोवाटे विश्वकर्मा सरकार प्रचारमा मात्रै रमाएको बताउँछन् । ‘सरकारी अस्पताल खोलेको भनेको छ । तर उपकरण र उपचार भएन,’ उनले भने, ‘उपचार नहुने अस्पताल खोलेर त्यसले जनतालाई सुविधा हुँदैन । सरकार गम्भिर हुनुपर्छ ।’ उनले कोरोनाको परीक्षण र उपचारमा चासो झन् घट्दै गएको बताए ।
पुष्पा केसी भण्डारी लकडाउन गरेर सन्चित सामग्री, श्रोत र साधनबाट जनजीवन सुचारु राख्नु सरकारको लागि निकै पीडादायी भएको भन्दै सरकारले स्मरणीय काम गरेको सुनाईन् ।
मोहन रेग्मीले संकल्प प्रश्तावमा पेश भएका बुँदाहरु कार्यान्वयनका लागि संसदमा भएको छलफलले सरकारलाई सहज बनाउने बताए । पहिलेको संकल्प प्रश्ताव एउटा राजनीतिक दलले सर्वदलीय छलफल नगरी ल्याएको कारण असफल भएको भन्दै अहिले सबैको मतबाट पारित गर्ने र कार्यान्वयनमा जुट्ने बताए । मेखलाल श्रेष्ठले कांग्रेसले सँधै जनतालाई पृष्ठभूमीमा राखेर आवाज उठाएको भन्दै संकल्प प्रश्ताव जनपक्षीय भएको दावी पेश गरे ।
दीपक चर्ति मगर सरकारको दक्षता अनुसार भाइरस नियन्त्रणमा सफल भएको बताए । विष्णु लामिछानेले जनताको पक्षमा संयुक्त प्रश्ताव ल्याएको बताए । पियारी थापाले कोरोना नियन्त्रणमा सरकारको कार्यशैली अत्यन्तै कमजोर रहेको तर्क गरिन् । सांसद मीना गुरुङ समिति गठन देखि कोष खडा गर्ने काम सकारात्मक रुपमा लिनुपर्ने बताउँछिन् । रोग अचानक आएकोले गर्दै सिक्ने अवस्थामा सरकार रहेको उनले बताईन् ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१