पोखरा । कास्कीको पर्यटकीय गाउँ ताङतिङका सामाजिक अभियन्ता ओमप्रकाश गुरुङको संस्मरणात्मक निबन्धहरुको सँगालो ‘ताङतिङ मेरो गाउँ’ पुस्तक सार्वजनिक गरिएको छ ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो ।
मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ, नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछाने, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई, पत्रकार जमुना वर्षाशर्मा, ताङतिङ दूधपोखरी तमु समाजका अध्यक्ष सुवेदार मेजर हेमप्रसाद गुरुङ, नौजुपैंगी लामा गुरुङ समाज ताङतिङका अध्यक्ष कृष्णमान गुरुङ, पत्रकार माधव पनेरु, भिटोफका अध्यक्ष नवराज अधिकारी र लेखक स्वयंले पुस्तकको घुम्टो उघारेका हुन् ।
ताङतिङको हिमालय मीलन माविका प्रधानाध्यापक गुरुङको पुस्तकमा गाउँको विकासमा गरिएको संघर्ष, लाहुरे संस्कृतिले पारेको प्रभाव, ग्रामीण जीवनशैलीको चित्रण, पर्यटनले जगाएको आशा र शैक्षिक विकासका विषयलाई निजात्मक रुपमा पस्किएको छ । त्यसैले यो पुस्तक ताङतिङ चियाउने आँखीझ्याल बनेको छ ।
गुरुङको पुस्तक ताङतिङ चिनाउन र नयाँ पुस्ताले प्रेरणा लिन कोशेढुङ्गा हुने कार्यक्रमका वक्ताहरुले बताए । आफ्नो ब्लग सेतो सुनाखरीमा बेलाबेलामा लेख्दै आएका गुरुङले लेखन यात्रालाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
नेत्रकुमारी गुरुङले प्रकाशन गरेको पुस्तकमा ३० वटा छोटा निबन्ध छन् । यसको सम्पादन पत्रकार अमृत भादगाउँलेले गरेका हुन् । पुस्तकको मूल्य ३ सय रुपैयाँ राखिएको छ ।
Related News
सम्बन्धित समाचार
जनप्रियमा ट्रेकिङ गाइड तालिम
पर्यटन व्यवसायीको गुनासो सुन्न सरकारलाई आग्रह
बालुवा डाँडाबाट उड्यो प्याराग्लाइडिङ
सुदुरपश्चिमको पर्यटन विकासका लागि पोखरा पर्यटन व्यवसायी समन्वय गर्न तयार
पाेखराका मुद्रण व्यवसायी पर्वतकाे दुर्लुङमा
hero news full width
मुख्य समाचार
मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
फागुन १४, २०७७कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
फागुन १३, २०७७पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
फागुन १३, २०७७