पोखरा । जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले कारबाही गर्नुपर्ने बताएका छन् । ओलीले प्रतिनिधिसभा मात्र नभई संविधाननै विघटन गरेको तर्क गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराईले सर्वोच्चबाट सोचेजस्तो निर्णय नआउन सक्ने पनि संकेत गरे ।
जसपा गण्डकी प्रदेशले पोखरामा बुधबार आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै डा भट्टराईले सो कुरा बताएका हुन् ।
उनले संसद पुनस्र्थापनाबारे अदालतबाट सोचेजस्तो निर्णय नआउन सक्ने हुँदा सडकबाट पैरवी गरिरहनुपर्नेमा जोड दिए । उनले भने, ‘अदालतभन्दा माथि जनताको अदालत हुन्छ, जनताले निर्णय गर्नुपर्छ ।’
अमेरिकामा ८ दिनमात्र कार्यकाल बाँकी रहेका डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन लागिएको बताउँदै ओलीलाई पनि कारबाही हुनुपर्ने उनको तर्क थियो ।
ओलीले आगामी चुनावमा पराजय बेहोर्ने दाबी गर्दै हार्ने चुनाव उनले नगर्ने ठोकुवा पनि डा भट्टराईले गरे । उनले भने, ‘ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई नै धरासायी बनाए । उनीविरुद्धको लडाइँमा हिम्मत नहारौं ।’
अहिले प्रधानमन्त्री ओलीले न्यायधीशलाई धम्क्याएको र आफ्नो आसेपासेलाई नियुक्त गरेको नेता भट्टराईले आरोपसमेत लगाए । नेता भट्टराईले ओलीलाई ‘चटके’ को संज्ञासमेत दिए ।
पार्टीका नेता अशोककुमार राईले प्रतिनिधिसभालाई अनुचित तरिकाले नामजस्तै प्रधानमन्त्री खड्गप्रसाद ओलीले खड्ग प्रहार गरेको बताए । कोरोनाले आर्थिक संकटमा फसेका समयमा ओलीले जनताको आवाज सुन्नुपर्छ कि भन्ने डरले प्रतिनिधिसभा विघटन गरेको आरोप राईको थियो । प्रचण्ड–माधव माइतीघर मण्डलाको सडकमा बसेर आफ्नो स्थान देखाएको उनले बताए । अब आउने दिनमा नेपाली जनता फेरि संघर्षका लागि तयार बस्नुपर्ने उनले बताए ।
केन्द्रीय कार्यकारी सदस्य शरद्सिंह भण्डारीले हिमाल पहाड तथा तराईका पछाडि पारिएकाहरुको पार्टी जनता समाजवादी पार्टी भएको बताए । उनले नेपाल तथा नेपालीको भविष्यका लागि आफूहरुको पार्टी भएको दाबी गरे । नेपाली जनताले ठूला तानाशाह फालेको भन्दै ओलीजस्ता फुच्चे तानाशाह फाल्न कुनै समय नलाग्ने बताए ।
जसपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य हरिशरण आचार्यले अब ओलीलाई कालोमोसो र चप्पलको माला लगाएर बालुवाटारबाट बाहिर निकालिनुपर्ने टिप्पणी गरे ।
सो विरोध कार्यक्रममा जसपाका गण्डकी इन्चार्ज गणेशमान गुरुङ, जसपा नेतृ हिसिला यमी, प्रदेशसभा सदस्य धनमाया लामा पोखरेल, शंकर गौतमलगायत नेता उपस्थित थिए ।
Related News
सम्बन्धित समाचार
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
भाडाका घरमा गाउँका ‘सिंहदरबार’
गण्डकीमा आयो कोरोना खोप
hero news full width
मुख्य समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७