सेपत–भर्स्याङ–देउराली–पञ्चासे सडक अब कालोपत्रे हुने

आदर्श समाज सम्वाददाता
पौष २९, २०७७
adhikhola

पोखरा । स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं ४ स्थित सेपत–भस्र्याङ–देउराली–पञ्चासे सडक शिलान्यास गरिएको छ । सडकको स्तरोन्नति तथा कालोपत्रे गर्ने कार्यको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले मगंलबार शिलान्यास गरे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष पौडेलले सडक निर्माणपछि सेपत–लप्सीबोट–भस्र्याङ, पातलाखर्क–रिमालस्वाँरा हुँदै श्रवणकुमार पञ्चासे जाने स्थानीय जनतालाई ओहोरदोहोर गर्ने सुविधा पुग्ने बताए । स्थानीयस्तरमा उत्पादित तरकारी, फलफूल लगायतका कृषि सामग्रीले सजिलै बजार पाउने धारणा उनले राखे ।

सडक निर्माणले यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ थियो । अध्यक्ष पौडेलले यसले पञ्चासे ग्रामीण पर्यटनका लागि समेत महत्वपूर्ण आधार बनाउने दाबी गरे । आफूले चुनावका बेला जनतासामु गरेको प्रतिबद्धता पूरा गरेको समेत उनले बताए ।

सडक निर्माणका लागि ११ करोड ४ लाख मा टेन्डर गरिएकोमा ६ करोड ५१ लाख ७५ हजारमा सिंह एन्ड ब्रदर्स संस्कृति श्री चम्पेश्वर जेभीले ठेक्का पाएको छ । निर्माण कम्पनीसँग २०७७ पुस ५ गते सम्झौता भएको र २०७९ पुस ५ गते पूर्ण रुपमा सम्पन्न हुने इन्जिनियर प्रकाश पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width