पोखरा । पोखरेली अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड’ अन्तर्गत पिपल्स च्वाइस अवार्ड जितेकी छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा मंगलबार आयोजना गरेको अवार्ड वितरण समारोहमा भलिबल कप्तान अरुणाले पौडीकी गौरिका सिंह, करातेका मन्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठलाई पछि पार्दै सो अवार्ड जितेकी हुन् । उनले करिब ३७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी मन्देकाजीले २८ प्रतिशत भोट थियो ।
एभिसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपमा नेपालले स्वर्ण जित्दा अरुणाले नै कप्तानी सम्हालेकी थिइन् । उनकै कप्तानीमा नेपाल १३ औं सागमा पहिलो पटक फाइनल यात्रा तय गरेको थियो ।
म्याग्दी जन्म भइ पोखराको ज्ञानुबाबामा पढेकी अरुणालाई जिताउन आर्थिक संकलनार्थ पोखरामा न्यु डायमण्ड र एपीएफबीच यसैसाता मैत्रीपूर्ण खेलसमेत खेलाइएको थियो ।
यस्तै, नेपाली राष्ट्रिय महिला भलिबल टिम वर्ष २०७६ को उत्कृष्ट टिम बन्यो ।
अवार्ड समारोहमा कराते खेलाडी मन्देकाजी श्रेष्ठ र पौडी खेलाडी गौरिका सिंह वर्षको उत्कृष्ट खेलाडी घोषित भए । तेक्वान्दोका नवीनकुमार श्रेष्ठ वर्ष प्रशिक्षक बने ।
वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरेको मञ्च अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिए ।
यस्तै, गल्फर सुवास तामाङ उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । तेक्वान्दोका आयशा शाक्य र एथलेटिक्सकका सन्तोषी श्रेष्ठ स्पेशल अवार्डबाट सम्मानित भए भने टेबलटेनिस खेलाडीद्वय गीता क्षेत्री र सिजरिन शाह लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । दिगमसिंह चेम्जोङले पारा सम्मान अवार्ड जिते ।
कोभिड–१९ का कारण सेमि भर्चुयलरुपमा आयोजित समारोहमा युवा तथा खेलकुद मन्त्री दावा तामाङ लामा, राखेप सदस्यसचिव रमेशकुमार सिलवाल, उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छालगायतले अवार्ड वितरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
भाडाका घरमा गाउँका ‘सिंहदरबार’
गण्डकीमा आयो कोरोना खोप
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
hero news full width
मुख्य समाचार
गाउँमै रोजगारी : परिवारमा खुशीयाली
विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
माघ ११, २०७७सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
माघ ११, २०७७पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
माघ १०, २०७७