Worldlink ads

गण्डकीसहित  देशका विभिन्न ठाउँमा  आज पानी पर्नसक्ने

adarsha samaj आदर्श समाज सम्वाददाता
पौष २८, २०७७
mausam

पाेखरा । देशका विभिन्न ठाउँमा आज वर्षाको सम्भावना रहेको छ। पाेखरा आसपासकाे माैसम आज बिहानैदेखि धुम्मिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जनाएको हो।

त्यस्तै तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरोको सम्भावना पनि छ। तराईका जिल्लामा बिहानीपख प्रायः हुस्सु र कुहिरो लाग्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बुधबार र बिहीबार पनि देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads