पोखरा । दारी ग्याङ पोखराको संयोजकमा अभिमन्यु पाण्डे चयन भएका छन् । ग्याङको शनिबार बसेको बैठकले वसन्त मिश्रलाई सहसंयोजकको जिम्मेवारी दिएको छ ।
यसअघि शेखर गौतमले २ वर्ष र वसन्त पहारीले साढे २ वर्ष संयोजक भएर काम गरेका थिए । नवनियुक्त संयोजक र सहसंयोजकलाई पूर्वसंयोजक शेखर गौतम र निवर्तमान संयोजक वसन्त पहारीले शुभकामना दिए ।
संयोजक पाण्डेले सबै सदस्यको सहयोग लिएर अघि बढ्न सकिने बताउँदै दारी ग्याङको आधिकारिक कार्यालय खोल्ने, नवयुवालाई व्यापार, व्यवसायमा प्रोत्साहन गर्ने, तत्काल आपतकालीन सेवामा सदैव तत्पर रहने प्रतिबद्धता जनाए ।
दारी ग्याङ पोखराले फेवाताल सरसफाइ, आकस्मिक र नियमित रक्तदान, निम्न वर्गीय परिवारलाई स्वास्थ्य उपचार खर्च सहयोग, विपन्न परिवारलाई सहयोग, सडक तथा अनाथ बालबालिकालाई सहयोग, विद्यालयलाई ह्वाइट बोर्ड सहयोग लगायत उदारहणीय कार्य गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
रोटरी काठमाडौं हेरिटेजको पदस्थापन
पोखरामा १४ मजदुर सम्मानित
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
मानव सेवा अश्रममा खाना खुवाइयो
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१