काठमाडौं । काठमाडौंको टोखास्थित एक हाउजिङमा बस्ने पति पत्नी मृतावस्थामा भेटिएका छन्।
सुर्खेत स्थायी घर भएका सुदीक्षा गिरी र पति उमेश केसी मृतावस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
परिसरका प्रवक्ता प्रमेश विष्टले पति बेडरुममा घोप्टो अवस्थामा मृत भेटिएको र श्रीमती झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए।
उमेशको शव नजिकै रगत लागेको सिलौटोसमेत फेला परेको र उनको कानबाट रगत बगेको देखिएकाले सिलौटो प्रहार गरेर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।
टोखास्थित ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा उनीहरु बस्दै आएका थिए।
प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ। डीएसपी विष्टले अहिले नै के भएको भन्नेबारे आफूहरुले अनुसन्धान गरिरहेकाले वास्तविकता अनुसन्धानपछि मात्रै पत्ता लाग्ने बताए।
तर, अनुसन्धानमा खटिएका अर्का एक प्रहरी अधिकृतका अनुसार श्रीमतीले पहिले श्रीमानको हत्या गरेको र त्यसपछि आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए।
उमेश केही दिन अघिमात्रै अमेरिकाबाट फर्किएको बुझिएको छ। दुवैको शव पोष्टमार्टम्का लागि राति नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ
हाजिरी जमानीमा थुनामुक्त भए माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१